देश चुनावमा होमीएको छ । निर्वाचनका लागी उम्मेदारहरुले उम्मेदारी दर्ता गरीसकेका छन भने स्वतन्त्र उम्मेदारहरुले निर्बाचन चिन्ह समेत पाई सकेका छन । देश निर्वाचनमय भइसकेको छ । देशैभर १ सय ६५ क्षेत्रमा मनोनयन दर्ता भएपछि निर्वाचन हुने पक्का भएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भई सकेको छ ।
प्रचारको लागि सबै दल तयार भएका छन् । निर्वाचनमा दल र स्वतन्त्र दुवै पक्षका उम्मेदवार चुनावी प्रचारमा जुटिसकेका छन् । उम्मेदारहरु घर–घरमा पुग्न थालीसकेका छन । फागुन २१ गते हुने चुनावलाई सहज, स्वतन्त्र र निर्भय वातावरणमा सम्पन्न गर्ने दायीत्व राज्यको भएकाले राज्य निर्बाचन गर्न लागी परेको छ ।
निर्वाचन आचारसंहिता लगायतका नियम र नैतिकताको पालन गर्नु सबैले आवश्यक छ । आचारसंहिता पालना गर्न सबै दलका नेता कार्यकर्ताहरु तयार हुन जरुरी छ । यस पालीको निर्बाचन फरक हुने निश्चित छ । अहिले सम्मका निर्बाचनहरु दलका सरकारले गराउदै आएका भए पनि यस पटकको निर्बाचन जेन्जी आन्दोलनको जगमा बनेको निष्पक्ष सरकारले गराउने भएकाले निर्बाचन स्वच्छ हुने कुरा निश्चित छ ।
यस वर्ष निर्वाचनमा युवा पुस्ताका ५ सय ८३ जना उम्मेदवार चुनावमा उत्रिएकाले पनि निर्बाचन अहिले सम्मकै उत्कृष्ट हुने देखिएको छ । २५ देखि ३५ वर्ष उमेर समुहका युवापुस्ताले उम्मेदारी दिएकाले जनताले आशा पनि गरेका छन । जेन्जी पुस्ताका युवाहरु पनि निर्वाचनमा होमिएका छन् । सरकारले शान्ति सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।
निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन अवधिका लागि भर्ना लिएका निर्वाचन प्रहरी शान्ति सुरक्षामा खटिने भएका छन । निर्वाचनमा भौतिक भन्दा पनि सूचना प्रविधिको प्रयोगमा निगरानी बढाउनु जरुरी छ । आचारसंहिता लागू भए÷नभएको विषयमा विशेष अनुगमन गर्न आवश्यक छ । विगतका निर्बाचनमा ज्यानै सम्म गएका उदाहरणहरु भएकाले त्यसता क्षेत्रमा सुरक्षा सर्तकता अपनाउन आवश्यक छ
झडप हुन सक्ने स्थानमा,अति संवेदनशील निर्वाचन क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन आवश्यक छ । सुरक्षा कायम गर्न सरकार मात्र नभई मतदाता पनि सचेत हुन जरुरी छ । उम्मेदवारहरु र सहयोगीहरुले निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न जरुरी छ । शान्तिपूर्ण र धाँधलीरहित बाताबरणमा निर्वाचन गराउन सबैले साथ र सहयोग गर्न जरुरी छ । सबै मीलेर निर्बाचन सफल पार्न जरुरी छ ।

