"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएरै छाड्ने आलेको प्रतीबद्धता

No data was found

Khabar Raftar

माघ १६ धनगढी । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार प्रेमबहादुर आलले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएरै छाड्ने प्रतिबद्धता जाहेर गरेका छन । शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर– १ को निर्वाचन परिचालन सचिवालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

क्षेत्रीय विमानस्थल बन्यो भने कुनै समस्या पर्दा अन्य देशमा सिधै उडान भर्न सकिने बताउदै उनले यसले पर्यटन प्रवर्धनमा पनि टेवा पु¥याउने बताए । विदेशी पर्यटक सिधै आउन सक्ने बताउदै उनले विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनु आजको आवश्यकता भएको बताए ।

त्यसैगरी धनगढीस्थित सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिमा जोड दिने बताउदै उनले सेती प्रादेशिक अस्पतालको स्तरोन्नति अझै हुन नसकेको बताए । सेती प्रादेशिक अस्पताललाई अत्याधुनिक बनाउन स्तरोन्नतिका लागि लाग्ने उनले बताए ।

पूर्वमन्त्री समेत रहेका आलेले गेटा मेडिकल कलेजलाई कम्तीमा ५ सय बेडको स्वीकृति गराएर एमबीबीएस पढाइ हुने गरि अगाडि बढाउने प्रतिवद्धता जाहेर गरेका छन । बिगतमा राम्रो काम गरेकै कारण डोटीबाट लगातार तीन पटक निर्वाचन जितेको बताउँदै उनले यस पटक कैलाली ५ का जनताको साथ पाउने बताए ।

बिगतमा आफूले बोलेका कुराहरु पूरा गर्दै आएको बताउँदै उनले बोलेका कुरा गर्छु कि गर्दैन भनेर बुझेर चुनावमा लाग्न आग्रह गरे । आलेले कैलाली क्षेत्र नम्बर ५ मा आफ्ना चुनावी गतिविधिलाई तीब्र बनाउदै लगेका छन् । सबै वडामा निर्वाचन परिचालन सचिवालय स्थापना तथा तयारी बैठक लगभग सम्पन्न गरिसकेका छन् ।

डोटीबाट पटक पटक निर्वाचन जितेका आले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली झरेका हुन । आलेले डोटीबाट २०७० सालको संविधान सभा, ०७४ सालको प्रतिनिधि सभा सदस्य र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जित हासिल गरेका थिए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो