"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

छाडा पशुचौपायाको उचित ब्याबश्थापन गरौ

No data was found

Khabar Raftar

छाडा पशुचौपायाको उचित ब्याबश्थापन हुन नसक्दा कैलालीका किसानले दुःख भोग्दै आएका छन । किसानले मेहनेत गरी लगाएको बाली खान थालेपछि कसानले समस्या भोग्दै आएका हुन । खेती मात्र नभई छाडा पशुचौपायाका कारण सर्बसाधारण नागरिकले समेत सास्ती खेप्नु परेको छ ।

खेतबारी देखि व्यवसाय स्थल, सडकमा यत्रतत्र रहेका छाडा चौपायाका कारण सर्ब साधारणले समस्या भोग्नु परेको हो । छाडा चौपायाका कारण किसानलाई बाली बचाउन सकस भएको छ भने दुर्घटनाको जोखिम बढेकाले यात्रुलाई ज्यान जोगाउन सकस भएको छ । छाडा पशुचौपायाका कारण किसानले कृषि गर्न छेड्नु पर्ने अबश्था आएको छ ।

स्थानीय सरकारले छाडा पशुचौपाया ब्याबश्थापनमा गरेको करोडौ खर्च बालुवाको पानी सावित भएको छ । स्थानीय तहहरुले छाडा पशुचौपायाका नाममा करोडौ खर्च गरेका भए पनि समस्या जस्ताको त्यस्तै रहेको छ । जसका कारण जनताले दुख झेल्नु परेको छ । स्थानीय सरकारले जनताले दुध खाएर छाडा छाड्नेहरुलाई कारबाहीको दायरामा ल्याउन निती बनाउन जरुरी छ ।

निती बनाएर कारबाही गर्न सके मात्र छाडा पशुचौपायाको समस्या हटने भएकाले स्थानीय सरकारको ध्यान त्यतातीर जान आवश्यक छ । दीर्घकालीन रूपमा समस्याको समाधान खोज्न आवश्यक छ । दुध खाने र छाड्ने प्रबृतीका कारण छाडा चौपाया नियन्त्रण गर्न समस्या भएको छ भने बनाईएका गौशाला पनि ब्यबश्थीत हुन नसकेकाले समस्या भएको छ ।

छाडा पशु चौपायाको समस्या नया“ नभए पनि पछिल्लो समय झनै नियन्त्रण बाहिर गएको छ । त्यसैले समयमै छाडा चौपायाको ब्याबश्थापन गर्न जरुरी छ । सडकमा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम बढको छ । दीर्घकालीन र व्यवहारिक समाधानका विषयमा स्थानीय निकाय गम्भिर हुन आवश्यक छ ।

व्यवस्थित गौशाला निर्माण गर्नुका साथै छाडा पशुचौपाया छाड्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर जिम्मेवार बनाउने नीति बनाउन जरुरी छ । निती बनाएर मात्र नहुने हुदा त्यसको कार्यान्वयन तथा निरन्तर अनुगमन गर्न जरुरी छ । छाडा पशुचौपायाको उचित ब्याबश्थापन गरी किसानको मेहनेतको फल बचाउन आवश्यक छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो