"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशका ४ सय ८१ वटा मतदानस्थल अतिसंवेदनशील

No data was found

Khabar Raftar

माघ १४ धनगढी । सुरक्षाका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशका ४ सय ८१ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचिमा राखिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रहरीले १६ वटा निर्वाचन क्षेत्रका ४ सय ८१ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचिमा राखेको हो ।

मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरिएको छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा तराईका साथै कैलालीमा पाँच र कञ्चनपुरमा तीन गरी आठ वटा निर्वाचन क्षेत्र छन् भने बाँकी आठ वटा निर्वाचन क्षेत्र सुदूरपश्चिमका सात वटा पहाडी जिल्लामा रहेका छन् ।

पहाडी जिल्ला अछाममा दुई वटा र्बिाचन क्षेत्र छन् भने बाँकी छ वटा पहाडी जिल्लामा एक÷एक निर्वाचन क्षेत्र रहेका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले निर्वाचन लक्षित सुरक्षा रणनीति बनाएर सुरक्षा निकाय सक्रियताका साथ अघि बढेको जानकारी गराएको छ । प्रदेशमा प्रदेशस्तर र जिल्लामा जिल्ला तहका सुरक्षा समितिहरुले काम गरिरहेको बताईएको छ ।

एक हजार १ सय ७६ वटा मतदानस्थल रहेको सुदूरपश्चिम प्रदेशमा ३ सय वटा सामान्य, ३ सय ९५ वटा संवेदनशील र ४ सय ८१ अतिसंवेदनशील मतदानस्थलको रुपमा बर्गीकरण गरिएको छ भने दुई हजार १ सय ९९ मतदान केन्द्र रहेका छन् । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा मतदानस्थल अतिसंवेदनशील मानिएका छन ।

सुदूरपश्चिमको ठूलो जिल्ला कैलालीमा १ सय ८ वटा मदानस्थल अतिसंवेदनशील मानिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी गराए । अतिसंवेदनशीन मतदानस्थलमा सोही अनुसार सुरक्षा प्रबन्ध बढाइने जानकारी गराउदै उनले जिल्लाका सबै निर्वाचन क्षेत्रको सुरक्षामा योजना सहित अघि बढेको जानकारी गराए ।

त्यसैगरी कञ्चनपुरका १ सय ३२ वटा मतदानस्थल मध्ये ६६ वटा स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कूल ७७ वटा मतदानस्थल रहेको सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा ६२ वटा मतदानस्थल अतिसंवेदनशील स्थलको सूचीमा राखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र सुरक्षाको बाहिरी घेरामा नेपाली सेना परिचालन गरिने बताइृएको छ । नेपाल प्रहरी मात्रै सात हजार भन्दा बढी परिचालन हुने प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी गराएको छ । स्वतन्त्र र राजनीतिक दलका गरी १६ वटा प्रतिनिधिसभा सदस्यका लागि २ सय ६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो