बाल विबाहका विभिन्न कारणहरु छन । सामाजिक सञ्जालको प्रयोगले सानैमा प्रेम विबाह गर्ने संस्कार बढ्दै गएको छ भने सानैमा विबाह गर्दा पुण्य कमाइन्छ भन्ने धार्मीक सोच र गरिवीका कारण बालविबाह हुदै आएको छ । त्यही बाल विबाह अन्त्यका लागी किशोरीहरु एक भएका छन । समुह बनाएर बाल विबाहको अन्त्य गर्न लागी परेका छन ।
प्रदेश स्तरीय किशोरी संञ्जालले धनगढीमा बालविवाह अन्त्यका लागि सुदूरपश्चिम प्रदेश स्तरीय किशोरी सम्मेलनको आयोजना गरेको छ । भविष्यका कर्णधार देशका निर्माता र परिबर्तनका सम्बाहक किशोरी हरुलाई सबै कुरामा दक्ष बनाउन जरुरी छ ।
“पढौं अगाडी बढौं, वालविवाह नाई भनौं भन्ने मुख्य नाराकासाथ सोमबार देखि धनगढीमा सुरु भएको कीशोरी सम्मेलनमा बाल विवाहले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा पार्ने,नकारात्मक असर रउनीहरुले भविष्यमा भोग्नु पर्ने समस्याका विषयमा छलफल गरी बाल विबाहलाई हटाउन आवश्यक योजना बनाइने भएको छ । सामाजिक कार्यमा सूचना आदान प्रदान, बाल विबाहको अन्त्य र निती निर्माणमा किशोरीका आवाज पु¥याउन किशोरीहरु सक्रीय भएका छन ।
किशोरीहरु उदाउदो तारा भएकाले समाज परिबर्तनको उज्यालोसंगै रुढिबादी संस्कार बाल विबाह अन्त्यका लागी सबैले सक्रीय भएर लाग्न जरुरी छ । बाल विबाह जस्ता सामाजिक कुरिती विरुद्ध सशक्त रुपमा आवाज उठाउन जरुरी छ । सुदूरपश्चिम प्रदेशलाई शसक्त र सम्बृद्ध बनाउन किशोरीहरुको प्रमुख भूमीका रहेकाले सरकार, नागरिक समाज र किशोररीहरु मीलेर बाल विबाह लगायतका कुसंस्कारको अन्त्यका लागी एकताबद्ध हुन आवश्यक छ ।
रुढिग्रस्त सस्ंकारका कारण बाल विबाह अहिले सम्म हटन सकेको छैन । किशोरीहरु बाल विबाह,साईबर अपराध र बलात्कार जस्ता घटनाहरुबाट पीडित बन्दै आएका छन । त्यसैले यस्ता घटनाहरुबाट बच्न किशोरीहरु सक्षम हुन जरुरी छ । बाल विवाहका कारण महिलाहरु शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक अवसरहरुबाट बन्चित हुनुपर्ने अवस्था आएकाले बाल विवाहको अन्त्यका लागी सबै भन्दा पहिले महिलाहरु शसक्त हुन जरुरी छ ।
शारीरिक, मानसिक रुपमा परिपक्क हुन जरुरी छ । किशोरीहरु शसक्त बन्दै गएपछि बाल विबाहको अन्त्य गर्न सहज हुने भएकाले सबै कुरामा सबल बन्न जरुरी छ । बाल विबाहको अन्त्य गर्न सबैले सक्रीय भएर लाग्न जरुरी छ ।

