आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुराका अधिकांश भोटे जनजाति समुदायका धेरै जसो मान्छेहरु मतदानबाट वञ्चित हुने भएका छन् । भोटे जनजाति समुदायका अधिकांश मान्छेहरु चिसो छल्न बेशी तिर झरेकाले उनीहरु फागुन २१ मा हुने मतदानबाट वञ्चित हुने भएका हुन । निर्बाचनमा सबैले मतदान गर्न पाउने ब्याबश्था मीलाउने काम राज्यको हो ।
भोटे जनजाति चिसो छल्न बेसी झरेका भए पनि उनीहरु बसेकै ठाउ“मा मतदान गर्ने ब्याबश्था मीलाउन आवश्यक छ , अधिकांश मान्छेहरु मतदान गर्नबाट बञ्चित हुने भएकाले सम्बन्धीत निकायले उनीहरुले मतदान गर्न सक्नेगरी अस्थयी मतदान केन्द्र बनाउन जरुरी छ ।
जसरी दार्चुलाको ब्यास गाउ“पालिका वडा नम्बर–१ का छाङरु र तिंकर गाउ“का मतदातालाई सदरमुकाम खलंङगामा मतदान गर्ने ब्याबश्था मीलाइएको छ । त्यसैगरी बाजुराका भोटे जनजाति समुदायका परिवारले पनि मतदान गर्ने ब्याबश्था राज्यले मीलाउन आवश्यक छ ।
२७ सय बढी मतदाता मध्ये ७ सय भन्दा बढी मतदाता चिसो छल्न बेसी झरेकाले उनीहरुले मतदान गर्न पाउने गरी ब्याश्था गर्न आवश्यक छ । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ ढम्कने, बुढिनन्दा नगरपालिका १,२,३,७,८,९, १० र हिमाली गाउँपालिका २ र ३ मा भोटे जनजातिले बसोबास गर्दै आएका छन । उनीहरु हिउ“दमा हिमपात हुने भएकाले चिसो छल्न बेसी तिर झर्ने गरेका छन् ।
परिवार भेडा, च्याङ्गा सहित मंसिरमा बसाइ सर्ने उनीहरुका लागी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्बाचनमा मतदान गर्न पाउने गरी ब्याबश्था गर्न आवश्यक छ । बाजुराको तल्लो भेग, अछाम, डोटी र बझाङ्गमा बसाइ सर्ने गरेका उनीहरुलाई पायक पर्ने स्थानमा मतदान गर्ने बन्दोबस्त मीलाउन जरुरी छ । विदेशमा रहेका नागरिकहरुले मतदान गर्न पाउने बहस चली रहेका बेला नेपालमै रहेका नागरिकका लागी मतदान गर्न पाउने ब्याबश्था गर्न आवश्यक छ ।
चुनाव फागुन २१ गते हुने र उनीहरु चैतको अन्तिम साता मात्र गाउ“ फर्कने भएकाले उनीहरुले भोट हाल्न पाउने ब्याबश्था सरकारले गर्न आवश्यक छ । मतदान गर्नबाट कोही बञ्चित नहोऊन भन्ने उदेश्यले काम गर्न आवश्यक छ । दार्चुला जस्तै बाजुरामा पनि अस्थायी मतदान केन्द्र बनाएर मतदान गर्ने ब्याबश्था मीलाउन जरुरी छ ।

