"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा भण्डारी र खाती विजयी

No data was found

Khabar Raftar

माघ ११ धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेकी लीला कुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला तर्फ भण्डारीले ३ हजार९ सय ८४ मतभार प्राप्त गरी विजयी भएकी हुन् भने पुरुष तर्फ नेपाली कांग्रेसका खम्म बहादुर खातीले ३ हजार ९ सय ६९ मतभार प्राप्त गरी विजयी भएका हुन ।

भण्डारीकी प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मतभार प्राप्त गरेकी थिईन । त्यसैगरी खातीका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८ सय ५ मतभार प्राप्त गरेका थिए । प्रदेशसभा सदस्य ५३ मतभार र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको १९–१९ मतभार रहेको हुँदा कुल २ सय २० मत खसेको बताईएको छ ।

जम्मा मतदाता संख्या २ सय २४ रहेकोमा ४ जनाले मतदान गरेका थिएनन । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेशसभा सदस्य खेमा विष्ट, धनगढी उपमहानगरपालीकाका प्रमुख गोपाल हमाल र जोशिपुर गाउँपालिका उपाध्यक्ष रेखा कठरियाले मतदान नगरेका हुन ।

महिला र पुरुषतर्फ दुई–दुई सदस्यका लागि भएको निर्वाचनमा चार जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । विजयी भण्डारी र खातीले एमाले–कांग्रेस गठबन्धनको बलियो उपस्थितिको संकेत गर्दै सुदूरपश्चिमको राष्ट्रिय स्तरको प्रतिनिधित्व गर्ने भएका छन् । निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जानकारी गराईएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्य खेमा बिष्ट, धनगढी उपमहानगर पालिकाका प्रमुख गोपाल हमाल तथा जोशिपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरियाले मतदान नगरेका हुन ।

मतदान प्रक्रियामा सहभागी नहुनुको कारणबारे सम्बन्धित व्यक्तिहरूबाट औपचारिक जानकारी नआएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । राष्ट्रिय सभा निर्वाचन प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू मतदाता रहने व्यवस्था अनुसार मतदान सम्पन्न गरिएको हो । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी गराउँदै निर्वाचन आयोगले समग्र मतदान प्रक्रिया व्यवस्थित रहेको जनाएको छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो