सुदूरपश्चिम प्रदेशका दुर्गम बस्तिहरुमा अहिले पनि उच्च रक्तश्रावका कारण सुत्केरी महिलाहरुको ज्यान जाने गरेको छ । सरकारले राष्ट्रपति उद्धारकोष मार्फत सुत्केरी महिलाहरुको हेलीकोप्टर मार्फत उद्धार पनि गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा पनि सरकारले थुप्रै सुत्केरी महिलाहरुको हवाई मार्फत उद्धार गरेको छ ।
यो स्वागत योग्य कदम हो,तर यसलाई अझै प्रभावकारी बनाउन जरुरी छ । स्वास्थ्य सेवा सबैको पहु“कचमा हुनु पर्ने संविधानको ब्याबश्थालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न जरुरी छ । सरकारले जोखिममा परेका गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धारको ब्याबश्था गरेको भए पनि कतीपय गरिव विपन्नहरुको अझै पहु“च पुग्न सकेको छैन ।
समय सापेक्ष नागरिकको स्वास्थ्य सेवा र आकस्मिक ज्यान बचाउने विषयमा सरकारको ध्यान जानु स्वभाविक विषय हो । सरकारले जनताको जनस्वास्थ्यका विषयमा गम्भिर बन्नुका साथै स्वाश्थ्य उपचारमा सहजता ल्याउन जरुरी छ । गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा दिदै आएको भए पनि सर्ब साधारणको पहु“चमा नभएकाले त्यसलाई सबैको पहुँचमा ल्याउन जरुरी छ ।
गर्भवती महिलाको सेनाको हेलीकोप्टर मार्फत उद्धार हुदै आएकोमा अझै प्रभावकारी बनाउन जरुरी छ । सुत्केरी हुन नसकेर अथवा भईसकेपछि पनि रक्तश्राव बढी भएका महिलाहरुको उद्धार हुदै आएको छ । अझै यसकार्यलाई प्रभावकारीताका साथ निरन्तरता दिन जरुरी छ । हवाई उद्धार सेवाले अमूल्य मानव जीवन बचाउन सकिने भएकाले निःशुल्क उद्धारलाई प्रभावकारी बनाउन जरुरी छ ।
प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धीको हक सुनिश्चित गर्न र आम नागरिकको स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार जिम्मेवार बन्न जरुरी छ । नागरिकलाई सरकार भएको अनुभूती दिलाउदै स्वास्थ्य उपचारलाई सहज बनाउन जरुरी छ । सुत्केरी हवाई उद्धारलाई प्रभावकारी बनाउन जरुरी छ ।

