माघ ०७ धनगढी । कैलाली क्षेत्र नंम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रुपमा खेमराज कोईराला आएका छन । यसअघि हरि रेग्मीले उम्मेदवारी दर्ता गराएकोमा अन्त्यमा कोईरालाले आधिकारीक रुपमा रास्वपाको उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराएका हुन ।
निर्वाचन अधिकृतको कार्यालयमा रेग्मीले मंगलबार दिउँसो रास्वपाको आधिकारीक उम्मेदवार भन्दै उम्मेदवारी दर्ता गराएका थिए । तर साझँ कोईरालाको नाममा टिकट आएपछि रेग्मीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको कैलाली क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले जानकारी दिए ।
उनले रास्वपा बाट दुई जनाको उम्मेदवारी परेपछि आधिकारीक उम्मेदवार छनौटका लागि आफूहरुले निर्वाचन आयोगमा कागजातहरु पठाएको बताए । ‘रास्वपाबाट दुई जनाको उम्मेदवारी परेपछि कागजातहरु स्क्यान गरेर निर्वाचन आयोगमा पठाएको बताउदै उनले आयोगले कोईरालालाई आधिकारीक उम्मेदवारका रुपमा तोकेर पठाएको बताए ।
उनले आयोगले कोईरालालाई आधिकारीकता दिएसँगै रेग्मीको उम्मेदवारी खारेज भएको
बताए । रेग्मीको उम्मेदवारी खारेज भएसँगै कैलाली क्षेत्र नम्बर ४ मा १६ जनाको उम्मेदवारी परेको छ ।
यसअघि रेग्मी सहित १७ जनाको उम्मेदवारी परेकोमा आयोगले रेग्मीको उम्मेदवारी खारेज गरेपछि क्षेत्र नम्बर ४ मा १६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत आचार्यले बताए । उनले १५ जनाले दलबाट र एक जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताए ।


