माघ ०६ कञ्चनपुर । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला जलाइएको छ ।
पूर्वगृहमन्त्री रमेश लेखकलाई टिकट नदिएको भन्दै उनका समर्थकहरूले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सभापति थापा र उपसभापति शर्माको पुत्ला जलाएका हुन् ।
नेपाली कांग्रेसले कञ्चनपुर ३ मा लेखकलाई टिकट नदिएर हरि बोहरालाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रबाट २०५६, २०७० र २०७९ को निर्वाचनमा प्रतिनिधि सभामा पूर्वगृहमन्त्री लेखक निर्वाचित भएका थिए ।
लेखक देउवाका विश्वास पात्र हुन । तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेसले क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति गोपी उपाध्याय,क्षेत्र नम्बर २ मा पूर्व मन्त्री एनपी साउँदलाई उम्मेदवार बनाएको छ ।
Post Views: 58


