माघ ०४ धनगढी । प्रगतिशील लोकतान्त्रिक पार्टी सुदूरपश्चिम प्रदेशले फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्बाचनका लागी उम्मेद्वार सिफारिस गरेको छ ।
लोकतान्त्रिक पार्टी सुदूरपश्चिम प्रदेश कार्यालयको बैठकले आसन्न प्रतिनिधी सभा सदस्य निर्बाचन २०८२ का लागी उम्मेद्वार सिफारिस गरेको हो ।
फागुन २१ गते हुने निर्बाचनका लागी सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा प्रत्यक्ष उम्मेदार सिफारिस गर्ने निर्णय अनुसार निर्बाचन क्षेत्रहरुमा प्रत्यक्ष उम्मेद्वार सिफारिस गरी पठाएको प्रदेश ईन्चार्ज हेमराज भट्टराई श्रवणले जानकारी गराए ।
कैलाली जिल्ला निर्बाचन क्षेत्र नम्बर १ मा जनक शाह, राजेन्द्र शाही, निर्बाचन क्षेत्र नम्बर २ मा भगत बडुवाल,डम्बर रावल,निर्बाचन क्षेत्र नम्बर ३ मा लक्षिराम चौधरी निर्बाचन क्षेत्र नम्बर ४ मा कौसिल्ला लुहार,निर्बाचन क्षेत्र नम्बर ५ मा चन्द्र ताम्राकार र धर्मसिह प्रपालालाई सिफारिस गरिएको उनले जानकारी गराए ।
त्यसैगरी कञ्चनपुर जिल्ला निर्बाचन क्षेत्र नम्बर १ मा दिपेन्द्र शाही,निर्बाचन क्षेत्र नम्बर २ मा टेकेन्द्र प्रसाद भट्ट, निर्बाचन क्षेत्र नम्बर ३ लक्षमीदत्त जोशीलाई सिफरिस गरिएको ईन्चार्ज भट्टराईले जानकारी गराए ।
त्यसैगरी अछाम जिल्ला निर्बाचन क्षेत्र नम्बर १ मा दिपक बहादुर साउद, निर्बाचन क्षेत्र नम्बर २ पुष्पराज न्यौपानेलाई सिफारिस गरिएको उनले जानकारी गराए ।
त्यसैगरी प्रगतीशील लोकतान्त्रीक पार्टीका सुदूरपश्चिम प्रदेश सह ईन्चाज हरी तिमील्सेनाले बाजुरा जिल्ला निर्बाचन क्षेत्र नम्बर १ मा दिपक कुमार डि सि र बैतडी निर्बाचन क्षेत्र नम्बर १ मा लक्ष्मी प्रसाद जोशीलाई सिफारिस गरिएको जानकारी गराए ।
प्रदेश अध्यक्ष परिषद सुदूरपश्चिम प्रदेश कार्यालयले यस अघि समानुपातीक उम्मेद्वारको नामावली पेश गरि सकेको उनले जानकारी गराए ।


