माघ ०१ धनगढी । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना पदाधिकारीसहित दश जना अटाएका छन् ।
सुदूरपश्चाबाट सह–महामन्त्रीमा प्रकाश रसाइली स्नेही सहित दश जना नेता केन्द्रीय कार्यसमितिका अटाएका हुन् ।
सह–महामन्त्रीमा बझाङका नेता प्रकाश रसाइली चयन भएका छन भने खुलातर्फ डोटीका भरत खड्का, बाजुराका जनकारज गिरी र बझाङका जगत जोशी काँग्रेसको केन्द्रीय सदस्य भएका छन् ।
त्यसैगरी कैलालीबाट चार जना केन्द्रीय सदस्य भएका छन् । सुदूरपश्चिम प्रदेश महिलातर्फ निपा चोख्याल, प्रदेश खुलातर्फ हिमबहादुर रावल, थारू महिलातर्फ सुनिता राना र खस–आर्य महिलातर्फ सम्झना खत्री केन्द्रीय सदस्य भएका छन । बैतडीबाट नरेन्द्रप्रसाद भट्ट तथा कञ्चनपुरबाट सन्तोषी साउँद ऐरी पनि केन्द्रीय सदस्य भएका छन् ।
Post Views: 86


