"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सरकारको असल कार्यको स्वागत गरौ

No data was found

Khabar Raftar

दुर्गम बस्तीका बासिन्दालाई सरकारी सेवालीन समस्या हुने गरेको विषयमा केन्द्रित रहेर सरकारले ईलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । जसले गर्दा जनताले राहात पाउने भएका   छन । सरकारी सेवालीन सदरमुकाम पुग्नुु पर्ने भएकाले जनताले दुख पाउदै आएका थिए । जसका कारण दुर्गम बस्तीका बासिन्दालाई समस्या हुने गरेको थियो । त्यसैले इलाका प्रशासन कार्यालय स्थापनाको माग हु“दै आएको थियो ।

सुदूरपश्च्मि प्रदेशका ६ वटा जिल्लामा पनि इलाका प्रशासन कार्यालय, स्थापना हुने भएका छन । २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदले प्रशासन समितिमा पठाए पछि प्रशासन समितिले कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको छ । बाजुराको कोल्टी, बझाङको देउरा, अछामको साफेबगर, डोटीको विपिनगर, दार्चुलाको गोकुलेश्वर र बैतडीको मेलौलीमा ईलाका प्रशासन कार्यालय स्थापना गरिने भएको छ ।

बाजुराको हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बुढीनन्दा लगायतका पालिकाका स्थानीयलाई अब सहज हुने भएको छ । त्यसैगरी अछामको साफेबगरमा ईलाका प्शासन कार्यालय स्थापना भए पछि चौरपाटी गाउ“पालीका,मेल्लेख गाउ“पालीका र बान्नीगढी जयगढ गाउ“पालीकाका स्थानीयलाई सहज हुने भएको छ ।

नागरिकता, पासपोर्ट, राहदानी लगायतका विभिन्न सरकारी काम काजका लागि सदरमुकाम आवत जावत गर्नुपर्ने स्थानीयको समस्याको अन्त्य हुने भएको छ । गाडीको सुविधा भए पनि लामोे समय लगाएर सदरमुकाम पुग्नु पर्ने बाध्यताको अन्त्य हुने भएको छ । स्थानीयलाई नागरिकता बनाउन देखि अन्य सेवा लिन सहज हुने भएकाले समय र पैसाको समेत बचत हुने भएको छ ।

आर्थिक भार पनि कम हुने र सेवा पनि सहज रुपमा पाउने भएकाले स्थानीय खुसी भएका छन । खासगरी गरिव तथा विपन्नहरुलाई सहज हुने भएको छ । पैसा नभएकै कारण नागरिकता पाउनबाट वञ्चित भएका सर्बसाधरणले सहज रुपमा सेवा पाउने भएका छन । सरकारको असल कार्यको स्वागत गर्न जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो