पौष २४ बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा एक लाख ५६ हजार ३ सय ७२ मतदाता कायम भएका छन् । ७८ हजार ९ सय ८७ पुरुष, ७७ हजार ३ सय ८३ महिला र दुई जना अन्य गरी एक लाख ५६ हजार ३ सय ७२ मतदाता कायम भएका हुन ।
हालको मतदाता संख्या अघिल्लो निर्वाचनको तुलनामा ६ हजार २ सय १६ ले वृद्धि भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए । यस अघिको निर्वाचनमा एक लाख ५० हजार १ सय ५६ मतदाता थिए । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ११ हजार ८ सय ३८ जना पुरुष र ११ हजार ६ सय ९५ जना महिला गरी २३ हजार ५ सय ३३ जना मतदाता रहेका छन् ।
पुर्चौंडी नगरपालिकामा ११ हजार ५ पुरुष र १० हजार ७ सय ९८ महिला गरी २१ हजार ८सय ३, पाटन नगरपालिकामा १० हजार ४ सय १ पुरुष र १० हजार ३ सय १७ महिला गरी २० हजार ७ सय १८ र मेलौली नगरपालिकामा ६ हजार ९ सय ४९ पुरुष र ७ हजार ३२ महिला गरी १३ हजार ९ सय ८२ मतदाता रहेका छन् ।
त्यसैगरी दोगडाकेदार गाउँपालिकामा ७ हजार ९ सय ९५ जना पुरुष र ७ हजार ५ सय ३५ जना महिला गरी १५ हजार ५ सय ३०, डिलाशैनी गाउँपालिकामा ७ हजार २ सय ३५ पुरुष र ६ हजार ६ सय ८० महिला गरी १३ हजार ९ सय १५, पञ्चेश्वर गाउँपालिकामा ५ हजार ६ सय २१ पुरुष र ५ हजार ८ सय ७७ महिला गरी ११ हजार ४ सय ९९, शिवनाथ गाउँपालिकामा ५ हजार २ सय २२ पुरुष र ५ हजार २ सय ६७ महिला गरी १० हजार ४ सय ८९, सिगास गाउँपालिकामा ६ हजार ६ सय ३ पुरुष र ६ हजार २ सय ९४ महिला गरी १२ हजार ८ सय ९७ र सुर्नया गाउँपालिकामा ६ हजार १ सय १८ पुरुष र ५ हजार ८ सय ८८ महिला गरी १२ हजार ६ जना मतदाता रहेका छन् ।


