"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राष्ट्रिय सभा निर्बाचनका लागी काँग्रेस–एमालेको गठबन्धन नेकपाको एकल उम्मेदवारी

No data was found

Khabar Raftar

पौष २३ धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको दुई वटा रिक्त पदका लागि माघ ११ गते हुने निर्बाचनमा काँग्रेस–एमालेको गठबन्धन भएको छ भने नेकपाले एकल उम्मेदवारीे दिएको छ । एक जना महिला र एक जना खुल्ला सदस्यका लागि हुने निर्वाचनमा काँग्रेस र एमालेले गरेको चुनावी गठबन्धन गरेको हो भने नेकपाले एकल उम्मेदवारीे दिएको हो । केन्द्रमा राष्ट्रिय सभाका लागि काँग्रेस, एमाले, नेकपा र जसपाको गठवन्धन हुने सहमति भए पनि सुदूरपश्चिम प्रदेशमा भने नेकपाले छुट्टै उम्मेदवारी दर्ता गरेको छ ।

काँग्रेस र एमालेसँग सहमति नजुटे पछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा निर्वाचनमा एकल उम्मेदवारी दिएको   हो । सुदूरपश्चिम प्रदेशमा रिक्त रहेको एक जना पुरुष र एक जना महिला सिटमा नेकपाले पनि महिलातर्फ रोजी बस्नेत सुनार र पुरुषतर्फ टिकाराम जैशीले उम्मेदवारी दिएका हुन । जैसी माओवादी पृष्ठभूमिका नेता हुन् भने बस्नेत पूर्व एकीकृत समाजवादीकी हुन् । गठबन्धनबाट भने काँग्रेसले खम्ब खाती र एमालेले लिला भण्डारीको उम्मेदवारी दर्ता गरेको छ ।

खाती पूर्वमहान्यायाधि वक्ता हुन् भने माओवादी पृष्ठभूमिकी भण्डारी पूर्वराज्य मन्त्री हुन् । केन्द्रमा चार वटा दलबीच हुने भनिएको गठवन्धन सुदूरपश्चिम प्रदेशमा उम्मेदवारी दर्ता गर्दा नभएको देखिएको छ । एमालेकी शारदादेवी भट्ट र नेकपाका तारामान स्वाँरको आगामी फागुन २० गते पदावधि सकिँदैछ । निर्वाचन आयोगले प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको समान १९ मतभार तोकेको छ ।

यस आधारमा सुदूरपश्चिम प्रदेशमा कुल ६ हजार १ सय ५३ मतभार रहेको छ । सुदूरपश्चिममा कांग्रेस सबैभन्दा बलियो देखिएको छ । १८ प्रदेशसभा सदस्य र ८६ जना स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको कांग्रेससँग एक्लै २ हजार ५ सय ८८ मतभार छ । नेकपाको मतभार १ हजार ८ सय ६९ छ भने एमालेसँग १ हजार ५ सय ३३ मतभार छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको समान ५३ र ५३ मतभार छ भने स्वतन्त्रतर्फ ३८ मतभार छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो