मान्छेहरु यती स्वार्थी बन्दै गएका छन की मान्छे मान्छेका विच दानवीय ब्याबहार गर्दै आएका छन । यहा“ सम्मकी हत्या हिंसा बलात्कार जस्ता घटनाहरु समान्य बन्दै गएका छन । तर सबै मानीसहरुबाट मानवीय भावना मरी सकेको भने छैन । अहिले पनि संकटमा भएकाहरुलाई दुखमा परेकाहरुलाई सहयोग गर्ने मनकारी मावनहरु पनि छन । जसले गर्दा थुप्रै मान्छेहरुले जीवन दान पाएका छन । आर्थिक अभावमा अस्पतालको शैयामा छटपटाईरहेका विरामीहरुलाई सहयोग जुटाएर मदत गर्ने महान मान्छेहरु पनि छन ।
तिनै महान मान्छेहरुले गर्दा कतीपय विपन्नहरुका जीवन बाचेका छन । आर्थिक अभावमा उपचार गर्न नसक्नेहरुलाई मनकारी मनहरुले सहयोग गर्दै आएका छन । मानवीय सहयोगको लागी तयार भएर सहयोग गर्ने असल मानवका कारण आज कयौका जीवन बाचेका छन । सामान्य सहयोगले थुप्रै जीवनहरु सहज भएका छन । सामाजिक सञ्जाल बेसाहारा गरिव तथा विपन्न बर्ग समुदायको बर्दान बनेको छ ।
जसका कारण मानवीय संस्कार भएका असल मान्छेहरुले देश विदेशबाट विरामीको बैक खातामा सक्दो सहयोग गर्न जँम्मा गरेर मानवीय धर्म निभाई रहेका छन । जसले गर्दा बेसाहाराको सहारा पनि बन्दै गएको छ सामाजिक सञ्जाल । जीवन मरणको दोसँधमा बाचीरहेका विरामीले उपचार पाएका छन । लाखौ रुपैया खर्च गरेर उपचार गर्न नसक्ने विरामीले सहज रुपमा उपचार पाएका छन । घरबार विहीनले घर पाएका छन ।
सामाजिक सञ्जाल मार्फत सहयोग अभियान चलाएर सहयोगमा जुटने अभियानकर्मीहरु विरामीका आफन्त बन्दै गएका छन भने सहयोग गर्ने सहयोगदाताहरु विरामीको लागी भगवान बनेका छन । सबैको सानो सानो सहयोगले कसैको जीवन बाचछ त्यसतो सहयोग सबैले गर्न पर्छ भन्ने चेतनाको विकास सबैले गर्न आवश्यक छ । सहयोगी भावनाको विकास गरी सकेको सहयोग गर्न जरुरी छ । समस्यामा परेका सबैलाई सकेको सहयोग गरी मानविय धर्म निभाउन जरुरी छ । मान्छे मान्छेको सहयोगी बन्न आवश्यक छ ।

