सम्झना विष्ट,पौष २० धनगढी । प्रगतीशिल लोकतान्त्रीक पार्टी राजनैतिक परिषद सदस्य तथा पार्टीका अभिभावक जनार्दन शर्मा प्रभाकरले भ्रष्टाचार, सामाजिक विभेद र गरिवीका कारण देश पछाडी परेको बताउदै यसलाई हटाउन एकजुट भएर लाग्नु पर्ने बताएका छन । आईतबार प्रगतीशिल लोकतान्त्रीक पर्टी सुदूरपश्चिम प्रदेशले आयोजना गरेको एकता भेला तथा प्रशिक्षण कार्यक्रमका विशिष्ट अतिथी शर्माले यस्तो बताएका हुन ।
भ्रष्टाचार, सामाजिक विभेद र गरिवीले देशलाई गीज्याई रहेको बताउदै उनले भ्रष्टाचारमुक्त नेपाल, सामाजिक विभेद मुक्त नेपाल र गरिवी निबारण मुलुक बनाउन सबै राष्ट्रप्रेमीहरु एकजुट भएर लाग्नु पर्ने बताए । पुराना नेता तथा पार्टी प्रति जनआक्रोस बढ्दै गएको बताउदै नेता प्रभाकरले भदौ २३ र २४ गतेको अन्दोलन त्यसैको प्रतिफल भएको बताए । शिक्षा,स्वाश्थ्य महङगो भएको बताउदै उनले जनताले लोकतन्त्रको प्रत्याभूती गर्न नपाएको बताए ।
जनताको आक्रोस र जेन्जीको भावनालाई बुझेर प्रगतीशिल लोकतान्त्रीक पार्टी गठन गरिएको बताउदै संरक्षक प्रभाकरले ४ वटा संगठन निर्माणका आधारहरु तय गरिएको बताए । युवा पुस्ताको पार्टी बनाउनु पर्छ भनेर पहिलो आधार युवाहरुलाई बनाएको बताउदै उनले समाबेशी उपश्थिति हुनु पर्छ भनेर उत्पीडित उपेक्षित बर्ग समुदायलाई दोस्रो आधार बनाएको बताए ।

त्यसैगरी बाम्पन्थीहरुलाई पनि एकता बद्ध गर्नु पर्छ भनेर तेस्रो आधार मानेको बताउदै उनले सामाजिक क्षेत्रमा योगदान पु¥याएका ब्याक्तिहरुलाई पनि समेतनु पर्छ भनर चौथा आधार तय गरिएको बताए । प्रगतीशील लोकतान्त्रीक पार्टी बामपन्थी पार्टी भएको बताउदै विशीष्ट अथिती शर्माले समाजका विभेदहरुलाई परास्त गर्दै समुन्नत समाजबादको कार्यदिशालाई आत्मसाथ गरेको बताए ।
प्रत्यक्ष जनबादलाई आत्मसनत गरेको बताउदै उनले उत्तराधीकारी उत्पादन गर्न सामुहिक नेतृत्व प्रणालीमा गएको बताए । विचार र सिद्धान्तमा उत्कृष्ट भएको बताउदै उनले जनताले चाहेको पार्टी बनाउन सबै नेता कार्यकर्ताहरु एकजुट भएर संगठन विस्तारमा लाग्नु पर्ने बताए । छिटो परिणाम खोज्ने संस्कारले दिगोपना नहुने बताउदै उनले अहिले ठुलो पाटी नभई राष्ट्रिय पार्टी बनाउन तर्फ सबैको ध्यान केन्द्रित हुनु पर्ने बताए ।
अहिले देश निर्बाचनमा होमी सकेको बताउदै उनले सबै क्षेत्रमा उम्मेदारी दिएर पार्टीको विचार सिद्धान्त र उदेश्य लिएर जनतामाझ जानु पर्ने बताए । जीतमा मात्र नभई हारमा पनि जीत देख्नेगरी उम्मेदारी दिएर निर्बाचनमा सहभागी हुनु पर्ने बताउदै उनले पार्टीका विचार र सिद्धान्त जनता माझ पु¥याउने निर्बाचन उत्तम विकल्प भएको बताए । आज नभए भोली हुन्छ भोली नभए पर्सि हुन्छ एक दिन अबश्य प्रगतीशिल लोकतान्त्रीक पार्टी ठुलो पार्टी बन्छ,निराश होईन सहास र दृढताकासाथ लाग्नु पर्छ उनले भने । विचार र उदेश्य सही छ, जनतालाई बुझ्ने गरी आफुले ब्यवहारमा उर्तान आवश्यक छ ।



