"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

समानुपातिकमा ६४ दल सहभागी, १ सय १० सिटमा १८ वटा दलको मात्रै उम्मेदवारी

No data was found

Khabar Raftar

पौष १५ काठमाडौं । आगामी फागुनमा २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४ वटा दल समानुपातिक सूचीमा सहभागी भएका छन् भने १८ वटा दलले मात्र ११० सिटमा उम्मेदवारी दिएका छन । निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिकको बन्दसूची बुझाउनु पर्ने समयमा ६४ वटा दलले समानुपातिकमा उम्मेदवारी दिएका हुन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ५४ वटा दलले आ–आफ्नो चुनाव चिह्नमा र १० वटा दलले ४ वटा चुनाव चिह्नमा चुनाव लड्ने भएका छन । समानुपातिक तर्फको मतपत्रमा जम्मा ५८ वटा निर्वाचन चिह्न रहने छन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा ११० जना समानुपातिकतर्फ निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् । समानुपातिकतर्फको उम्मेदवारी दर्ता गर्ने दलहरू मध्ये १८ वटाले आआफ्नै चुनाव चिह्नमा चुनाव लड्ने गरी ११० सिटमै उम्मेदवारी दिएका छन् । ८ वटा दलले फरक फरक तीन वटा चुनाव चिह्नमा संयुक्त रूपमा ११० सिटमै उम्मेदवारी दिएका   छन् । बाँकी ३८ वटा राजनीतिक दलले भने कम सिटमा उम्मेदवारी दिएका छन् । दलहरूले कम्तीमा ११ र बढीमा ११० उम्मेदवार सहितको बन्दसूची पेस गर्न सक्थे । अधिकतम भन्दा कम पदमा उम्मेदवारी दिने दलको संख्या अधिक छ ।

समानुपातिक सूचीमा ७ वटा क्लस्टर रहेका छन् । आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेशी मुस्लिम र पिछडिएको क्षेत्रबाट उम्मेदवार चयन गर्दा कम्तीमा आधा अर्थात् ५० प्रतिशत महिला उम्मेदवार चयन गर्नुपर्छ । आदिवासी जनजातिमा २८.७२ प्रतिशत उम्मेदवार चयन गर्नुपर्ने छ । खस आर्यमा ३०.२८ प्रतिशत, थारुमा ६.५२, दलितमा १३.४४ प्रतिशत उम्मेदवार छान्नु पर्छ । मधेशीमा १६.१५, मुस्लिममा ४.८९ र पिछडिएको क्षेत्रबाट कम्तीमा ४.०२ प्रतिशत उम्मेदवार छान्नुपर्ने हुन्छ । त्यस अनुसार दलहरूले कम्तीमा ११ र बढीमा ११० उम्मेदवार तय गर्नुपर्ने थियो ।

त्यस अनुसार अधिकतम सिटमा आ–आफ्नै चुनाव चिह्नमा चुनाव लड्ने गरी उम्मेदवारी दिनेको संख्या १८ रहेको छ । जसमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । जनमत पार्टी, श्रम संस्कृति पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मंगोल नेसनल अर्गनाइजेसन, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेलिनवादी)ले पनि पूरै ११० सिटमै उम्मेदवारी दिएका छन् ।

पूरै सिटमा उम्मेदवारी दिने दलहरूमा संसदीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी, मितेरी पार्टी नेपाल, नेपाली जनता दल र नेपाल कम्युनस्ट पार्टी (संयुक्त) पनि रहेका छन् । एकल चुनाव चिह्नमा चुनाव लड्ने दलहरू पनि छन् । बाँकी ८ वटा दलले भने तीन फरक चुनाव चिह्नमा संयुक्त उम्मेदवारी दिएका हुन् । मोबाइल एकल चिह्नमा आम जनता पार्टी र जनादेश पार्टीले संयुक्त नामावली बुझाएका छन् । एकल चिन्ह बसमा तीन वटा पार्टी नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले चुनाव लड्दै छन ।

त्यसैगरी जाँतो (चकिया) एकल चिह्नमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले चुनाव लड्दै छन् । त्यसैगरी समानुपातिक तर्फको ११० सिटका लागि भएको उम्मेदवारी दर्ताका लागि कम्तीमा ११ जनाको नामावली दिनैपर्ने बाध्यता अनुसार ११ जनाको मात्रै नाम दिने दलको संख्या ६ वटा छ । गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टी, स्वाभिमान पार्टी, जनअधिकार पार्टी, नेपाली कांग्रेस (बीपी) र नेपाली जनश्रमदान संस्कृति पार्टीले ११ जनाको नामावली पेश गरेका छन ।

कम सिटमा उम्मेदवारी दिएको र निर्वाचनमा बढी सिट प्राप्त हुनेगरी मत आएको अवस्थामा के हुन्छ ? भन्ने प्रश्नमा निर्वाचन आयोगले पछि नाम थप्न सकिने प्रावधान नरहेको जानकारी गराएको छ । निर्वाचन आयोगका सहसचिव एवं कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले‘समानुपातिक तर्फ पछि नाम थप्न सकिने प्रावधान नभएको बताउदै नामावली जति बुझाइएको छ, त्यो भन्दा बढी सिट पाउने गरी मतपरिणाम आएको उदाहरण पनि नभएको बताएका छन ।

नेपाल जनमुक्ति पार्टीका महासचिव पदम जबेगुले जति सिट जित्न सकिन्छ त्यतिको नाम दिएको बताएका छन । ११ जनाकै नाम बुझाउनुका तीन वटा करण कलस्टर,कम समय र चुनावबारे पूर्वानुमान भएको उनले बताएका छन । ‘निर्वाचन आयोगले जातीय क्लस्टर मिलाएर कम्तीमा ११ जनाको नाम बुझाउनु पर्छ भनेको बताउदै उनले त्यसअनुसार बुझाएको बताए । महासचिव जबेगुले समय पनि कम भएको बताउदै पछि निर्वाचित नहुने नाम राखेर किन प्रचार गर्नु भनेर जति जित्न सकिन्छ त्यति राखिएको बताए । समानुपातिक तर्फ १२ सिटमा उम्मेदवारी दिने दलको संख्या ५ वटा रहेको छ ।

जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले १२ सिटमा उम्मेदवारी दिएका हुन् । नेपाल जनता संरक्षण पार्टीले १७ र पिपुल फस्ट पार्टीले १८ जनाको नाम बुझाएका छन् । नेपाल जनता संरक्षण पार्टीका उपाध्यक्ष थर्कबहादुर बस्नेतले उम्मेदवार पाउन सकस परेको स्वीकार गरेका छन ।

सोमबार निर्वाचन आयोग परिसरमा उनले बल्लबल्ल १७ जनाको नाम पु¥याइएको बताए । अन्य दलहरू पनि छन् जसले समानुपातिकको ११० सिटका लागि कमभन्दा कम नाम निर्वाचन आयोगमा बुझाएका छन् । नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेपाल मातृभूमि पार्टी र बहुजन शक्ति पार्टीले २०–२० जनाको नाम बुझाएको छ ।

उन्नत लोकतन्त्र पार्टीले २२, त्रिमूल नेपालले २३ जनाको नाम बुझाएको छ । नागरिक शक्ति नेपाल, जनता लोकतान्त्रिक पार्टी नेपाल र राष्ट्रिय गौरव पार्टीले २५ जनाको नाम बुझाएको छन । नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले एकल चिन्ह जकर भएको सिंहमा चुनाव लड्दैछन् ।

यी दुई दलले पनि समानुपातिक तर्फ २५ जनाको नाम बुझाएका छन् । राष्ट्रिय मुक्ति आन्दोलन नेपालले २७, सार्वभौम नागरिक पार्टीले २८, नेसनल रिपब्लिक नेपालले २९, समावेशी समाजवादी पार्टीले ३१, समावेशी समाजवादी पार्टीले ३२, राष्ट्र निर्माण पार्टी नेपालले ३५, प्रजातान्त्रिक पार्टी नेपालले ४१, नेपालको लागि नेपाली पार्टीले ४३, राष्ट्रिय ऊर्जाशील पार्टी नेपालले ४६ र राष्ट्रिय परिवर्तन पार्टीले ४९ जनाको नाम बुझाएका छन् । त्यसैगरी जय मातृभूमि पार्टीले ५५, नेपाल जनता पार्टीले ६०, संयुक्त नागरिक पार्टीले ६१ र जनता समाजवादी पार्टी नेपालले १०१ जनाको नाम बुझाएका छन् ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो