पौष १५ धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कम्युनिष्ट पार्टी बनेको छ । यस भन्दा अगाडी नेपाली काँग्रेस ठूलो दल रहेकोमा पार्टी एकता भए पछि नेपाली कम्युनिष्ट पार्टी ठूलो दल बनेको हो ।
नागरिक उन्मुक्ति पार्टी र नेपाली कम्युनिष्ट पार्टी विच एकता भएपछि १८ सदस्य रहेको काँग्रेसलाई पछि पार्दै नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेश सभाको सबै भन्दा ठूलो दल बनेको हो ।
५३ सदस्यीय प्रदेश सभामा यसअघि माओवादीका सभामुख सहित ११ जना, नेकपा एमालेको ११ जना, नागरिक उन्मुक्तिका सात जना, नेकपा समाजवादीका चार जना,राप्रपाका एक र एक जना स्वतन्त्र सदस्य रहेका थिए ।
माओवादी केन्द्र र नेकपा समाजवादी मिलेर एक जना निलम्बित सहित १३ सदस्य सहित दोस्रो ठूलो दल बनेको नेकपा नागरिक उन्मुक्तिका सात जना सदस्य थप हुँदा २० जना प्रदेश सभा सदस्य सहित सबैभन्दा ठूलो दल बनेको हो ।
तीन पार्टीका सदस्य मिलेर सबैभन्दा ठूलो दल बनेको नेकपा प्रदेश सभाको प्रमुख प्रतिपक्षी हो भने काँग्रेस र एमालेको गठबन्धन सरकार रहेको छ ।


