"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेपाली कम्युनिष्ट पार्टीले पत्रकार प्रपालालाई समानुपातिक सदस्यमा सिफारिस ग¥र्यो

No data was found

Khabar Raftar

पौष १२ नगढी । प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव हर्क सिंह प्रपाला हरिसलाई नेपाली कम्युनिस्ट पार्टी कैलालीले प्रतिनिधि सभा निर्वाचनका लागी कैलाली क्षेत्र नम्बर ५ बाट समानुपातिक सदस्यमा सिफारिस गरेको छ । प्रपालालाई नेपली कम्युनिष्ट पार्टीले अल्पसङ्ख्यक तथा लोपउन्मुख कलष्टरबाट समानुपातिक सदस्यमा सिफारिस गरेको हो ।

नेकपा कैलालीले जिल्लाका सबै क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिकमा आकांक्षा राख्नेहरूको अन्तिम नाम टुङ्ग्याउँदै केन्द्रमा सिफारिस गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागी दलहरूले उम्मेदवार छनौट र सिफारिसको कार्य गर्दै आएका छन । समानुपातिकमा सिफारिस भएपछि प्रपालाले आफ्नो पार्टी प्रतिको त्यागलाई मुल्याकंन गर्दै समानुपातिकमा सिफारिस गरेकोमा सम्पूर्ण नेता पक्तीलार्ई धन्यवाद ज्ञापन गरेका छन ।

आफूले कम्युनिस्ट आन्दोलनको विरासतलाई जोगाउँदै सु–शासन न्याय र विकाससँग जोडिएरअगाडी बढेको बताउदै प्रपालाले अझै सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका छन । भ्रष्ट्राचार विरुद्ध उभिँदै सुशासनका पक्षमा आपनो आवाज बुलन्द गर्ने उनले बताएका छन । प्रपालाले आफ्नो राजनीतिक यात्रा तत्कालीन नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) बाट सुरु गरेका हुन ।

परिवर्तनमुखी राजनीति र जनपक्षीय विचारलाई आत्मसाथ गर्दै उनी लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन । पछिल्ला करिब दुई दशक देखि पत्रकारिता क्षेत्रमा सक्रिय प्रपालाले करिब १७ वर्षदेखि एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरो मार्फत सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका छन । उनी नेकपा माओवादी निकट प्रेस सेन्टर कैलालीका पूर्व अध्यक्ष समेत हुन् भने हाल प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिवको जिम्मेवारीमा कार्यरत रहेका छन ।

अन्याय, अत्याचार र विभेदविरुद्ध सशक्त आवाज उठाउँदै आएका प्रपाला लोकतान्त्रिक व्यवस्था, समावेशी प्रतिनिधित्व र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक उभिने व्यक्तित्वका रूपमा चिनिन्छन् । पत्रकारिता र राजनीतिक सक्रियतासँगै उनी सामाजिक सेवाका क्षेत्रमा समेत निरन्तर सक्रिय रहँदै आएका छन । उनको उम्मेदवारी सिफारिसलाई समावेशी लोकतन्त्र सुदृढीकरण र जनआवाजको सम्मानका रूपमा हेरिएको छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो