"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

तोकिएकै मितिमा निर्वाचन हुन्छ : गृहमन्त्री अर्याल

No data was found

Khabar Raftar

मंसिर १६ धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा निष्पक्ष रुपमा निर्वाचन हुने बताएका छन् । मङ्गलवार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले फागुन २१ गते तोकिएकै मितिमा निष्पक्ष रुपमा निर्वाचन हुने बताएका हुन ।

गृहमन्त्री अर्यालले सरकारको मुख्य जिम्मेवारी नागरिकलाई सुरक्षा प्रदान गर्दै र सुशासन कायम गर्नु र समयमै निर्वाचन गर्नु रहेको बताएका छन् । सरकारको मुख्य जिम्मेवारी शान्ति सुरक्षा कायम गर्दै सुशासन कायम गर्नु र निर्वाचन गर्ने भएको बताउदै उनले सरकारले निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण रुपमा चुनाव तोकिएकै समयमा गर्ने बताए । गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन गरिएको बताउदै राजनीतिक दललाई निर्वाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण बनाउन सरकार सक्रिय रहेको बताए ।

गृहमन्त्री ओमप्रकाश अर्यालले देशभरका ४ हजार ५ सय ५२ जना कैदीबन्दी अझै फरार रहेको जानकारी समेत गराएका छन् । सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै अर्यालले देशभरका ४ हजार ५ सय ५२ जना कैदीबन्दी अझै फरार रहेको जानकारी गराएका हुन । कुल ७ सय २७ वटा हातहतियार सरकारले फिर्ता ल्याइसकेको बताउदै गृह मन्त्री अर्यालले सरकारको मुख्य कार्यभार घोषित मितिमै भयरहित, स्वच्छ, स्वन्तन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्नु भएको बताए । केही थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नगर्न उनले आग्रह गरेका छन ।

कुशासन र बेथितिविरुद्ध जेन–जी युवाहरूले उठाएका माग र भदौ २३ र २४ को घटनापश्चात् सरकार र गृह प्रशासनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाहको प्रभाकारिता र समन्वयात्मक कार्यमा निष्ठापूर्वक कार्य गरिरहेको उनले बताए । सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको बताउर्दै मन्त्री अर्यालले कसैलाई काखा र पाखा नगरीकन सबैका कुरा सुनेको बताए । सबै राजनीतिक दल, नागरिकहरूलाई मन्त्री अर्यालले देश बनाउने अभिभारा सबैको भएकाले सबैले निर्बाचन सम्पन्न गर्न लाग्नु पर्ने बताए । प्रत्येक नागरिकले देशका लागी सोच्नु पर्ने बताउदै उनले सरकारले सरोकारवालासँगको समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने बताए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो