बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३, बिच्छ्याका भूकुम्प पीडितहरुले चिसोको समयमा पनि कष्टकर जीवन यापन गर्नु परेको अबश्था छ । चिसोमा कष्ठकर जीवन बिताउन बाध्य उनहिरुका लागी राज्यले उचित बासको ब्याबश्था गर्न जरुरी छ । बर्षेनी दैवी प्रकोपको सामना गर्नुपर्ने बाध्यता झेल्दै आएका बिच्छ्याका भूकुम्प पीडित स्थानीय वासीन्दा चिसोमा कष्ठकर जीवन बिताउन बाध्य भएका छन ।
विगत तीन वर्षदेखि हिउँदमा भूकम्प र बर्खाको समयमा बाढीपहिरोले घरबासविहीन बनाउने गरेका स्थानीयले ढुक्कसंग बस्न पाउने बााबरण बनाउन जरुरी छ । २०८० वैशाख २१ गते ४.१ रेक्टर स्केलको भूकम्प जादा अधिकांश जोखिममा परेका घरलाई २०८२ साउन २८ गते राती बिच्छ्याखोलामा आएको बाढीले वडा नम्बर १,बिच्छ्या र वडा नम्बर ५ रुगिनका विस्थापित ४१ घरपरिवारको बसोबासको ब्याबश्था मीलाउन जरुरी छ ।
हिउँदमा भूकम्प र बर्खाको समय बाढीपहिरोले उठिबास गरेपछि समस्यामा परेका उनीहरुको पीडामा राज्यले मलम लगाउन जरुरी छ । खुला आकाश मुनी त्रिपाल हालेर बास बस्न बाध्य उनीहरुलाई सुरक्षित बस्ने बताबरण बनाउन जरुरी छ । उनीहरुको घरबासको ब्याबश्थागरी राज्यले अभिभावकको जिम्मेवारी पूरा गर्न आवश्यक छ ।
भूकम्प र बाढी पीडित स्थानीयले त्रिपालको सहारामा रात काट्नु पर्ने बाध्यताको अनत्य गर्न जरुरी छ । घरबासको पर्खाइमा रहेका उनीहरुलाई बासको ब्याबश्था गर्न जरुरी छ । बाजुराका भूकुम्प पीडितहरुलाई बासको ब्याबश्था गर्न जरुरी छ ।

