"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशका ८ वटा जिल्लाबाट एमाले महाधिवेशन प्रतिनिधि छनौट

No data was found

Khabar Raftar

मंसिर १४ धनगढी । सुदूरपश्चिम प्रदेशमा एमालेको एघारौँ महाधिवेशनका लागि ८ वटा जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनौट गरिएकोे छ । डोटी बाहेक सुदूरपश्चिाम प्रदेशका ८ वटा जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनौट गरिएकोे हो ।

बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र कैलाली–२ र ३ मा शनिवार सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरिएको थियो भने कैलाली निर्वाचन क्षेत्र नम्बर १, ४,५ र कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा मतदान प्रक्रियाद्वारा प्रतिनिधि चयन गरिएको थियो । डोटीबाट प्रतिनिधि चयन गर्न बाँकी रहेको छ ।

१० जना प्रतिनिधि छनौट गर्नुपर्ने डोटीमा ४३ जना आकांक्षीले उम्मेदवारी दिए पछि मतदान प्रक्रियामा नगई सहमतिमा टुंगो लगाउन पदाधिकारीलाई जिम्मेवारी दिइएको नेता–कार्यकर्ताहरूले बताएका छन । बझाङमा ऐन महर समूह र भैरवबहादुर सिंह समूहबीच बेग्लाबेग्लै समूह बनेपछि शनिवार प्रतिनिधि चयन टुंगो लाग्न सकेको थिए । शनिवार दिनरातको प्रयासमा सहमति नभए पनि आइतबार सहमति भएको नेता–कार्यकर्ताहरूले बताएका छन् ।

कैलालीमा मतदान भएका निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ र ५ मा लेखराज भट्ट र कर्ण थापा समर्थक एकातिर र अर्कोतिर दामोदर भण्डारी समर्थक समूह बनेको थियो । अत्तरिया क्षेत्र नम्बर ४ को मतदान नतिजामा ६ जना भट्ट–थापा समूहका विजयी भएका छन् ।

यता धनगढी निर्वाचन क्षेत्र नम्बर ५ मा भएको मतदानमा दामोदर भण्डारी पक्षका एकलौटी प्रतिनिधि चयन भएका छन् । त्यसैगरी कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा भएको मतदानमा नेताहरू कमला बोहरा, नरबहादुर धामी र राजेन्द्रसिंह रावल एकातिर र अर्कोतिर दीपकप्रकाश भट्ट, निरु पाल, तारा लामा, पल्लवराज भट्ट लगायतका नेताहरूको समूह बनेको थियो ।

त्यसरी भएको मतदानमा सबै निर्वाचन क्षेत्रबाट दीपकप्रकाश भट्ट, निरु पाल, तारा लामा, पल्लवराज भट्ट समूह समर्थक प्रतिनिधि एकलौटी रूपमा निर्वाचित भएको स्थानीय नेता–कार्यकर्ताहरूले बताएका छन । बाजुरा, बैतडी, डडेलधुरा, दार्चुलामा अधिकांश प्रतिनिधि केन्द्रमा ओली समर्थक नै चयन भएको एमाले नेता–कार्यकर्ताले बताएका छन् ।

‘कर्ण थापाको गृह जिल्ला बाजुरामा १६ जना प्रतिनिधि मध्ये अध्यक्षमा खुलेरै ईश्वर पोखरेललाई मतदान गर्ने ३ जना मात्र चयन भएका छन्, । बाजुरास्थित एक जना एमाले नेताले अन्य पदाधिकारीहरूमा प्रदेशभरिकै प्रतिनिधिहरूको मत बाँडिएर जाने देखिएको बतायका छन ।’

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो