"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एमालेको महाधिवेशन प्रतिनिधि छनौटमा जातीय विभेद

No data was found

Khabar Raftar

मंसिर १३ मोरङ । नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनौटका क्रममा दलितमाथि विभेद गरेको पाइएको छ । प्रतिनिधि छनौटका लागि शनिबार भइरहेको मतदानका क्रममा दलित प्रतिनिधि र मतदाता माथि विभेद गरिएको पाईएको हो । दलित समुदायमाथि एमालेले संस्थागत रूपमै विभेद गरेको दलित अगुवाहरुले गुनासो गरेका छन ।

मोरङबाट ३ जना दलित प्रतिनिधि छनौटका लगी दलित मतपत्र तथा मतपेटिका छुट्टै बनाएर विभेद गरिएको हो । पूर्वराष्ट्रियसभा सदस्य खेम नेपालीले ‘पार्टीले दलितलाई झन दलित बनाएको बताए । पानी त चल्दैनथ्यो, भोट पनि नचल्ने बनाए उनले भने । दलितले दलित उम्मेदवारलाई मात्रै मत हाल्नुपर्छ, अरूलाई मत हाल्न पाउँदैनन्, अरूले पनि दलितलाई हाल्न पाउँदैनन्, यो ठूलो विभेद हो ।

प्रतिनिधि छनौटमा एमालेले भोट नचल्ने बनाएको नेपालीको गुनासो छ । ‘दलितले दलित मात्र चुन्न र चुनिन पाउने प्रावधान राखेर सामाजिक सांस्कृतिक रूपमा उपेक्षित रैथाने दलितलाई झन् साँघुरो र संकिण बनाइएको उनले बताए ।
मोरङबाट महाधिवेशन प्रतिनिधि उम्मेदवार समेत रहेका नेपालीले पार्टीले गरेको प्रावधानले दुःखी बनाएको बताउदै उनले ‘यस्तो विवेकहीन निर्णय गर्ने नेता, तिनको नेतृत्व क्षमता र विभेदजन्य व्यवहारको चर्को र उँचो शब्दमा घृणा, निन्दा र भत्र्सना गरेका छन ।

त्यसैगरीे दलित अभियन्ता समेत रहेका एमाले नेता उमेश विश्वकर्माले पार्टीले संस्थागत रुपमा विभेद गरेको बताए । दलितले दलितलाई मात्रै मत हाल्न पाउने प्रावधानले छुवाछूतलाई संस्थागत गर्ने बताउदै उनले यो एकदमै गलत भएको बताए । सामाजिक न्यायको सिद्धान्त विरुद्ध एमालेले यस्तो प्रावधान राखेको उनले बताए ।

नेकपा एमाले मोरङ सचिव सोमराज थापाले पार्टीले राखेको प्रावधानले दलितमाथि विभेद भएको स्वीकार गरेका छन । उनले ५ सय जना दलित सदस्य बराबर १ जना प्रतिनिधि पठाउने प्रावधान रहेको बताउदै खुला महिला र युवाको हकमा ८ सय बराबर १ जना प्रतिनिधि पठाउने प्रावधान रहेको बताए ।

संख्या खुकुलो बनाएर दलितका लागि प्रावधान राखिएको बताउँदै उनले दलितले दलितलाई मात्रै मतदान गर्न पाउनु विभेद जस्तो देखिने बताए । दलित प्रतिनिधिका लागि मतपत्र पनि छुट्टै भएको बताउदै उनले दलितलाई झन् विभेद गरे जस्तो देखिएको बताए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो