मंसिर १२ धनगढी । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले जेन्जीहरू आफ्नो पार्टीसँग आकर्षित भएको बताएका छन् । शुक्रवार धनगढीमा सम्पन्न पार्टीको एकता सन्देश भेलामा बोल्दै नेता नेपालले जेन्जीहरू आफ्नो पार्टीसँग आकर्षित भएको बताएका हुन ।
नेपाली कम्युनिष्ट पाटीैमा नयाँ पुस्ताका नौजवान युवाहरु आकर्षित भएको उनले बताए । राम्रो राम्रो उद्देश्य भएको बताउदै उनले दिमागमा देश कसरी बनाउने भन्ने उदेश्य सहित पार्टीमा आर्कर्षीत भएको उनले बताए । विदेशीको पछि लाग्ने होइन जनतालाई केन्द्रमा राखेर राजनीति गर्ने हो । विवधतालाई सम्मान गर्दै अगाडि बढ्नेमा हाम्रो ध्यान गएको छ । पार्टीले समाजवादमा अगाडी बढ्ने संकल्प लिएको छ उनले भने ।
सबै नेता उस्तै नभएको बताउदै उनले नेकपाले समाजवाद आत्मसात गर्दै देश विकास गर्न चाहेको बताए । उनले सबै नेता गलत भन्ने भाष्य गलत रहेको बताएका छन् । सबै नेता नराम्रा होइनन् । राम्रा पनि छन्, नराम्रा पनि छन् । कुरा सुन्यो कि पोल्यो । आफ्नै गुणगान सुन्ने पनि छन् । यो देश हामीले बनाउने हो । जनमासको उपश्थितिले सुदूरपश्चिम प्रदेशबाट नेपाली कम्युनिष्ट पार्टी पहिलो हुन्छ भन्ने सन्देश दिएको नेता नेपालले बताएका छन् ।
देश निर्माण गर्ने अभियानमा अगाडी बढ्न उनले सबैलाई आह्वान गरेका छन् । नेता नेपालले देशमा समस्या खडा भएको बताउँदै त्यसबाट शिक्षा लिएर अगाडी बढ्ने बताएका छन् । उनले प्रचण्ड र आफू प्रधानमन्त्री हुँदा सुदूरपश्चिम प्रदेशमा धैरै राम्रा काम भएको बताएका छन । नेता नेपालले आफ्नो पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्ने बताउदै राजनीतिमा लाग्नेहरूमा इमानदारी र समर्पण हुनु पर्ने बताएका छन् ।
राजनीतिक दलहरूमा अपराधीकरण व्याप्त रहेको बताउदै उनले दलहरूमा दलालीकरण, ठेकेदारीकरण, व्यापारीकरण, भ्रष्टीकरण, अपराधीकरणको प्रवृत्ति चुलिएको बताए । त्यसलाई अन्त्य गरेर नेपालको राजनीतिलाई स्वच्छ बनाउने कामको अगुवाइ अब नेपाली कम्युनिष्ट पार्टीले गर्ने उनले बताए । अहिले देशमा कुशासन व्याप्त छ ।
भ्रष्टाचार व्याप्त छ । त्यसलाई अन्त्य गर्ने काममा यो पार्टीले अगुवाइ गर्ने छ,’ उनले भने । राजनीतिमा लाग्नेहरूमा जबसम्म इमान्दारी हुँदैन, समर्पणको भावना, देश बनाउने हुटहुटी र चिन्ता हुँदैन, तबसम्म देश बन्ने अवस्थामा पुग्दैन । हामीलाई देश र जनताको चिन्ता छ । हामी नयाँ नेपाललाई समाजवादको बाटोमा अगाडी बढाउने छौँ उनले भने ।


