बर्तमान जेन्जी सरकारको म्यान्डेट निर्बाचन गराउने मात्र नभई अन्य विकास निर्माणका कामहरु पनि गर्ने भएकाले सरकारको ध्यान विकासमा केन्द्रित हुन जरुरी छ । राष्ट्रिय महत्वका योजनाहरुलाई गती दिने गरी बर्तमान सरकारले कामलाई अगाडी बढाउन आवश्यक छ ।
निर्बाचन मात्र नभइ विकास निर्माण्का कार्यहरुमा पनि सक्रिय हुन जरुरी छ । जेन्जी युवाहरुका मागलाई सम्बोधन गर्ने गरी काम गर्न जरुरी छ । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र स्थापना कार्य अझै अगाडी बढ्न नसकेकाले त्यसलाई अगाडी बढाउन जरुरी छ ।
शिलान्यास भएको लामो समय बितिसक्दा पनि काम अगाडि बढ्न नसकेका यस्ता योजनाहरुलाई अगाडी बढाउने गरी काम गर्न जरुरी छ । साढे दुई वर्षअघि शिलान्यास गरेको औद्योगिक क्षेत्रको काम सामुदायिक वनको रुखको लगत लिने काममा मात्रै सीमित भएकाले त्यसलाई सुचाखरु गर्न जरुरी छ ।
कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउने उद्देश्य सहित २०५२ सालमा प्रस्ताव गरिएकोमा २०७२ सालमा सरकारले चार किल्ला तोकेर नौ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको भए पनि अहिले सम्म काम नहुनु उद्योग स्थापनामा सरकारको ध्यान नजानु हो ।
बनका कारण काम नभएको तर्क गरिनु पनि दुर्भाग्य नै हो । प्रस्तावित औधोेगिक क्षेत्रमा पर्ने जनचेतना सामुदायिक वनमा १९ हजार आठ सय दुई र बेदकोट सामुदायिक वनमा २३ हजार चार सय ५५ रुख काट्नु पर्ने भएकाले लगत संकलन गरिएका रुखहरुको डिभिजन वन कार्यालय कञ्चनपुरले कटान आदेश दिएर विकासमा सहकार्य गर्न आवश्यक छ ।
औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदनमा २५ हजार रुख पर्ने देखिए पनि ४३ हजार बढी रुख काट्नु पर्ने देखिएको छ । २०७७ साल चैत्रमा लगत संकलन गरिएको भए पनि अहिले सम्म कामले गति नलिनु दुखद विषय हो । दैजी छेला औद्योगिक क्षेत्रको कामलाई द्रुत गतीमा अगाडी बढाउन जरुरी छ ।
औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले उपलब्ध गराएको नौ सय बिघा जग्गा मध्ये चार सय बिघा जग्गामा भौतिक संरचना बनाईने सरकारको योजनालाई कार्यान्वयनमा लैजान जरुरी छ । विकास निर्माणकालाई प्राथमीकता दिन जरुरी छ ।

