मंसिर ०७ बैतडी । बैतडीमा आठ सय ४ जना नयाँँ मतदाताले मतदाता नमावलीमा नाम दर्ता गराएका छन । निर्वाचन आयोगले दिएको मंसिर ५ गते सम्मको अन्तिम समय सम्म बैतडीमा ८ सय ४ जनाले मतदाता नमावलीमा नाम दर्ता गराएका हुन ।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा ८ सय ४ जना नयाँ मतदाताले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बैतडीका निमित्त प्रमुख पुरुषोत्तम जोशीले जानकारी गराए ।
उनले फागुन २१ गते हुने निर्वाचनका लागि तोकिएको मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम समय सम्म उक्त संख्यामा मतदाताले े नाम दर्ता गराएको बताए । मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुमा ५ सय २९ जना पुरुष र २ सय ७५ जना महिला रहेको उनले बताए ।
नयाँ थपिएका मतदाताहरुमा ८० प्रतिशत जेन–जी उमेर समुहका रहेको उनले जानकारी गराए । गएको प्रतिनिधि सभा निर्वाचन २०७९ मा बैतडीमा एक लाख ५० हजार १ सय ५६ जना मतदाता रहेको उनले जानकारी गराए ।
एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, १० वटा स्थानीय तह र ८४ वटा वडा रहेको उनले बताए । निर्वाचनमा ७८ हजार ३ सय ६९ (५२ प्रतिशत) मत खसेको उनले बताए । अघिल्लो प्रतिनिधि सभा निर्वाचन भन्दा आउने प्रतिनिधि सभा निर्वाचनमा मतदाता सङ्ख्या बढ्ेको उनले बताए ।


