"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

उद्योग स्थापनाका लागी सहज बाताबरण बनाऔ

No data was found

Khabar Raftar

सम्बृद्धी र आत्मनिर्भर बन्नका लागी उद्योग कलकारखानाको विकास हुन जरुरी छ । उद्योगको स्थापनाका लागी कानुनी प्रक्रीयालाई सहज बनाउन जरुरी छ । जसले गर्दा उद्योग स्थापनामा सहज हुने छ भने सम्बृद्धीलाई पछ्याउन सकिने छ । सुदूरपश्चिम प्रदेश सरकारले उद्योग स्थापनाका लागी लगानी सम्मेलन पनि गर्दै आएको छ । तर कानुनी झन्झटका कारण उद्योग स्थापना हुन नसकेको अबश्था छ भने स्थापना भएका उद्योगहरु पनि बन्द हुदै गएको अबश्था छ । करको दायरामा पनि एकरुपता ल्याउन सकिएको छैन ।

जसका कारण पनि समस्या झेल्नु परेको अबश्था छ । प्रदेश सरकारको ध्यान यस्ता विषयमा केन्द्रित हुन जरुरी छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि आफ्नै उद्योग स्थापना गरी अर्थतन्त्रलाई बलीयो बनाउने बाटोमा अगाडी बढ्न जरुरी छ । जंगलमा सड्दै गरेको काठको उपयोग हुने खालको उद्योग स्थापना गर्न सके पनि अर्थ संकलन हुने भएकाले सरकारको ध्यान त्यसतर्फ जान आवश्यक छ ।

करमा एकद्वार प्रणाली लागु गरेर उद्योगीहरुलाई लगानी गर्न सक्नेगरी प्रदेश सरकारले मार्ग प्रशस्त गर्न जरुरी छ । औद्योगीकरणको विकास, सम्भावना,समस्या र चुनौतीका विषमा सोचेर लगानी भित्र्याउने कार्यमा सरकार लाग्न जरुरी छ । सरकारको कमी कमजोरी र कानुनी झन्झटका कारण उद्योगहरु बन्द हुने कार्यको अन्त्य गर्न जरुरी छ ।

उद्योग खोलेर सहज बातारबरणमा काम गर्न नपाएका उद्योगीहरुका लागी सहज बाताबरण बनाउने कुरामा प्रदेश सरकार लाग्न आवश्यक छ । कतीपय उद्योगहरुले भोग्दै आएको विद्युतको समस्या समेत प्रदेश सरकारले हल गर्न जरुरी छ । सुदूरपश्चिम प्रदेशका अल्लो, बास निगालो र सनपाटलाई उपयोग गर्ने गरी उद्योगहरु स्थापना गर्न जरुरी छ ।

प्राकृतीक सम्पदाको उपभोग गर्न सके प्रदेश सरकार सम्बृद्ध बन्ने भएकाले त्यस तर्फ प्रदेश सरकारको ध्यान जान जरुरी छ । उर्जामा विकास गरी विद्युतको महशुल समेत घटाएर उद्योग ब्याबसायलाई प्राथमकिता दिन आवश्यक छ । सरकारका नीतिका कारण ब्याबसायी पलायन हुनु पर्ने अबश्था आउन नदिने गरी सरकारले कदम चाल्न जरुरी छ ।

स्थापना भएका उद्योगहरुले झेल्दै आएको समस्याको अन्त्य गर्न एकद्वार प्रणली लागु गर्न जरुरी छ । उद्योग स्थापनालाई सहज बनाउनुका साथै त्यसलाई कसरी टिकाउन सकिन्छ भन्ने विषयमा सोचेर निश्चित समयका लागी कर छुटको ब्याबश्था समेत गर्न जरुरी छ । करलाई ब्याबश्थापन गरी उद्योगलाई प्रोत्साहन गर्न जरुरी छ । उद्योग स्थापनाका लागी प्रदेश सरकारले सहज बाताबरण बनाउन आवश्यक छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो