देशमा सबै भन्दा बढी कसैले जातीय विभेद गर्दथ्यो भने त्यो ब्राहमण समुदायले गर्दथ्यो । जातीय विभेदको पीडा सहदै आएका दलित समुदायले विभेद सहदै आएका थिए । छिटफुट रुपमा जातीय विभेद विरुद्ध आवाज उठेपनि त्यसले अहिले सम्म सार्थकता पाउन सकेको छैन । तर पहिले भन्दा अहिले अबश्था निकै परिबर्तन भएको छ ।
विभेदका तरीकाहरु बदलीएका छन । ब्राहमण समुदायका परिबर्तन चाहने ब्याक्तिहरु पनि बदलिएका छन । दलित समुदायलाई देख्ने वित्तिकै साईत विग्रीयो भनेर गाली गर्ने, छोयो भने सुनपानीले चोखिने, संस्कारहरु हराएका छन । अपशब्द बोल्ने र होच्याउने कार्यहरु कम भएका छन ।
ब्राहमणहरुले पनि दलित समुदायको घरमा गए पूजापाठ गर्न थालेका छन । तथापी कतीपय कठरपन्थीहरुको मथीङगल हल्लीएको छ । बैतडीको पाटन नगरपालिका वडा नम्बर–८ खोड्पे जसुलीखालीका संस्कार शिरोमणी ज्योतिषाचार्य गणेशप्रसाद पन्तले विगत लामो समय देखि दलित समुदायका घर–घरमा पुगेर वैदिक विधिबाट धार्मिक कर्मकाण्ड गर्दै आएका छन ।
जातीय विभेद हटाउने उद्देश्य सहित धम्की र दबाबका बीच पनि उनले दलित समुदायका घर–घरमा पुगेर वैदिक विधिबाट धार्मिक कर्मकाण्ड गर्दै आउनु सामान्य विषय होईन । तर यसलाई सबैले सामान्य बनाउने कार्यमा सहकार्य गर्न जरुरी छ । दलित समुदायमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेश लगायत सयौँ धार्मिक अनुष्ठानमा पन्त जस्तै अन्य ब्राहमणहरुले पनि पूजापाठ गर्न सक्नु पर्छ ।
दलित समुदायका घरमा गएर ३२ वटा सप्ताह, १६ वटा शिवपुराण, ६६ वटा लघु रुद्राभिषेक तथा १ सय ५७ भन्दा बढी विभिन्न पूजा अनुष्ठान गरी सकेका पन्तलाई सम्मान गर्न जरुरी छ । पन्तलाई दलित समुदायले मात्र नभई राज्यले समेत सम्मान गर्न जरुरी छ । सामाजिक कुरीति हटाउन १ सय ४७ जना शिल्पी समुदायका व्यक्तिलाई पन्तले जनै धारण गराएका छन ।
धर्मग्रन्थमा दलित वा महिलामाथि कुनै विभेद नभएको सन्देश दिदै आएका पन्तलाई राज्यले चिन्न जरुरी छ । समाजमा अझै कायम रहेका छाउपडी, जातीय भेदभाव र धार्मिक असमानता अन्त्यका लागि पन्त जस्ता धार्मिक अगुवाहरूले नेतृत्व लिन जरुरी छ । दलित बस्तीमा कर्मकाण्ड गर्दै त्यहीँ भोजन ग्रहण गर्ने पन्त उदाहरणीय पात्र हुन ।
दलित समुदाय भित्रै परस्पर विभेद देखिँदा उनले गरेको उदाहरणीय कार्यको सबैले सम्मान गर्न जरुरी छ । कुरीति हटाउने अभियानका उदाहरणीय पात्र पन्तबाट अरुले पनि सिकन जरुरी छ । महिला र पुरुष दुई वटा जाती भएको सन्देश दिदै मनुस्मृति जस्ता विभेदकारी ग्रन्थको भ्रममा नपरी ज्योतिषाचार्य पन्तबाट अन्यले पनि सिक्न आवश्यक छ ।

