"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मर्यादित जीवनयापन गर्न पाउने बाताबरण बनाऔ

No data was found

Khabar Raftar

योदेश कर्मचारीले चलाएको देश हो । कर्मचारीले चहेन भने मन्त्रीले पनि केही गर्न सक्दैन भन्ने थुप्रै दृष्टान्तहरु छन । कर्मचारीले आफु अनुकुल भएन भने अर्थात फाईदा भएन भने विभिन्न बहाना बनाएर काम नगर्ने गरेका थुप्रै उदाहरणहरु छन । त्यसको ज्वलन्त उदाहरण सुदूरपश्चिम प्रदेश सरकारले बनाएको दलित शसक्तिकरण ऐन हो ।

कर्मचारकै कारण दलित सशक्तिकरण ऐन पारित भएर पनि कार्यान्वयनमा नआई संशोधनमा गएको छ । ऐन कार्यान्वयन नहुँदा दलितहरुका लागी छुट्याईएका बजेट समेत कार्यान्वयन हुन नसकेर फ्रिज हुने गरेको अबश्थामा ऐन संशोधनमा हाल्नु कर्मचारीको दलित विरोधी कार्य हो ।

एउटा कार्यकालमा गहन छलफल र अध्ययन गरेर निर्माण गरिएको एृन अर्को कार्यकालका कर्मचारीले विभिन्न बहाना बनाएर कार्यान्वयन नगरी संशोधनमा हाल्नुले कर्मचारीले आफुले चाहेको गरी छाड्ने चरित्रको उदाहरण हो । सुदूरपश्चिम प्रदेश सरकारले ऐन कार्यान्वयन गरी मार्ग प्रशस्त गर्नु पर्नेमा मन्त्री पनि कर्मचारीको अगाडी झुक्न बाध्य भएका छन ।

२०७९ साल बैशाख २२ गते प्रमाणीकरण भएको दलित शसक्तिकरण ऐन सुदूरपश्चिम प्रदेश सरकारले साढे तिन बर्ष पछि २०८२ सालमा कार्यान्वयन नगरी संशोधनमा हाल्नु दुखद विषय हो । दलित समुदाय प्रतिको अन्याय हो । संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ को मर्म र मान्यता विपरित प्रदेश सरकारले काम गर्न नसकेको अबश्थामा प्रदेश सरकार दलित सवालमा गम्भिर हुन नसकेको ज्वलन्त उदाहरण हो ।

संविधानले नेपाली जनतालाइ वर्गिय जातिय, क्षेत्रिय, लैङ्गिक वैचारीक, धार्मिक लगायतका आधारमा गरिने सम्पूर्ण विभेदको अन्त्यगरी आर्थिक, शैक्षिक, राजनैतिक र सामाजिक अधिकारको सुनिश्चता गरेको भए पनि त्यसका लागी बनेका ऐनलाई कार्यान्वयन नगरी संशोधमा हाल्नु प्रदेश सरकारको दलित विरोधी कार्य हो । संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनामा दलित समुदायले पु¥याएको महत्वपूर्ण योगदानको अबमूल्यन गर्नु हो ।

हजारौ दलित समुदायले गरेको वलिदानको अपमान हो । दलित समुदायले भोग्दै आएको छुवाछूत र विभेदको पीडा माथी अर्को पीडा थप्नु हो । प्रदेश सरकारले दलित सवालमा सक्रिय भूमीका निर्बाह गर्नुकासाथै दलित शसक्तिकरण ऐन अब छिटो संशोधन गरी कार्यान्वयन गर्न जरुरी छ । दलित विकास समिति गठन गरी दलित अधिकारका सवालमा प्रदेश सरकार जिम्मेवार बन्न जरुरी छ । दलित समुदायले आत्मसम्मानका साथ मर्यादित जीवनयापन गर्न पाउने बाताबरण बनाउन जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो