नेपाल कृषी प्रधान देश हो । तर कृषी प्रधान देशका किसानहरुले भोकै बस्नु पर्ने अबश्था छ । सरकारकै कारण किसानले भोकै बस्नु पर्ने अबश्था आएको हो । जसले गर्दा किसानहरु कृषी पेशाबाट विमुख हुँदै गएका छन । कसैले किसानी गरोस या नगरोस, कसैसंग जमीन होस वा नहोस सबैको पेशा कृषी भएको छ ।
नक्कली किसान मालामाल छन भने बास्तविक किसान भोकै बस्नु पर्ने अबश्था छ । बास्तविक किसान जसले आफुसंग जमीन नभए पनि अरुको जमीनमा कृषी गर्दै आएको छ । त्यस्ता किसानहरु हरेक बर्ष भोकभोकै बस्न बाध्य भएका छन ।
सरकारले बास्तविक किसानहरुलाई अनुदान पनि दिदैन । प्रकृती प्रकोप बाढी पहिरो र डुबानले उनिहरुको बालीमा क्षेती पु¥याए पनि उनिहरुले क्षतीपूर्ती पाउदैनन । त्यतीमात्र होईन उनिहरुले समयमा मल पाउदैनन, विउ पनि पाउदैनन सिचाईको त कुरै नगरौ ।
यस्तो समस्याका बाफ्जुद उत्पादन गरेको धान गहुँको पनि उनिहरुले उचित मूल्य पाउँदैनन । बास्तविक किसानले १२ महिना मेहनेत गरेर पनि भोकभोकै बस्नु पर्ने अबश्था छ । सरकारले समयमै बालीको समर्थन मूल्य नतोकेर किसानमाथि अन्याय गर्दै आएको छ ।
जसका कारण श्रmृण झिकेर खेती लगाएका किसानहरुले सस्तो मूल्यमा बाली बेच्नु परेको अबश्था छ । समयमै धानको सर्मथन मूल्य निर्धारण गरी किसानलाई उचित मूल्य पाउने बाताबरण बनाउन जरुरी छ । सरकारले समयमै सर्मथन मूल्य तोक्न जरुरी छ । समर्थनमूल्य तोकेर मात्र नहुने भएकाले कार्यान्वयन गर्न पनि जरुरी छ ।
किसानहरुले सस्तोमा धान बेच्नु पर्ने अबश्थाको अन्त्य गर्न जरुरी छ । किसानले धान बेचिसके पछि सरकारले सर्मथन मूल्य तोक्ने परिपाटीको अन्त्यगरी समयमै मूल्य निर्धारण गर्न जरुरी छ ।
सरकारले किसानहरुको लागी मल खाद्य, सिचाई र विउको समयमै ब्याबश्था गर्नुकासाथै समयमै समर्थन मूल्य तोकेर कार्यान्वयनगरी किसान भोकै किसान भोकै बस्ने अबश्थाको अन्त्य गर्न जरुरी छ । किसानहरुलाई कृषी सम्बन्धी तालीमको ब्याबश्था गरी मल, विउ र सिचाईको ब्याबश्था मीलाउन आवश्यक छ ।

