"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

संयुक्त रुपमा दमकल किन्ने तयारी गर्दै अछामका चार वटा स्थानीय तह

No data was found

Khabar Raftar

कार्तिक २३ अछाम । अछामका ४ वटा स्थानिय तहले संयुक्त रुपमा दमकल खरिद गर्ने तयारी गरेका छन । अछामको साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका र बान्नीगढी–जयगढ गाउँपालिकाले आपसी सहकार्यमा दमकल खरिद गर्ने तयारी गरेका हुन । लगातार भइरहेका भीषण आगलागीका घटनाबाट धनजनको क्षति हुन थालेपछि ४ वटा स्थानिय तहले दमकल खरिद गर्नका लागि संयुक्त पहल गरेका हुन ।

पछिल्लो समय बान्नीगढ–जयगढ गाउँपालिकाको जयगढ बजार र साँफेबगरको हाटबजारमा भएका आगलागीका घटना पछि दमकलको अभाव खड्किएको    थियो । यी घटनाहरूमा करोडौंको क्षति भएको र समयमै आगो नियन्त्रण गर्न नसक्दा बजार खण्डहरमा परिणत भएका थिए ।

जिल्लामा एक मात्र दमकल सदरमुकाम मंगलसेन नगरपालिकासँग रहेको र त्यो पनि भौगोलिक विकटताका कारण समयमै घटनास्थलमा पुग्न नसक्ने समस्या रहेको छ ।

तिनै समस्यालाई मध्यनजर गरी चार वटा पालिकाका प्रमुखहरूको बैठकले संयुक्त रूपमा दमकल खरिद गर्ने निर्णय गरेको हो । साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले हालै बसेको संयुक्त बैठकमा दमकल खरिदको आवश्यकता र सहकार्यबारे गम्भीर छलफल भएको बताए ।

सोही बैठकमा चारवटै पालिका दमकल खरिद गर्न तयार भएको उनले बताए । दमकल खरिदका लागि साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाले २०–२० लाख रुपैयाँ बजेट छुट्टाइसकेका छन् ।

त्यसैगरी मेल्लेख गाउँपालिका र बान्नीगढी–जयगढ गाउँपालिकाले पनि आवश्यक बजेट विनियोजन गरेर खरिद प्रक्रियामा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । विगतमा साँफेबगर र जयगढमा आगलागी हुँदा स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोलाको पानी बाल्टीले बोकेर घण्टौंको प्रयास पछि मात्र आगो नियन्त्रणमा लिएका थिए ।

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना