कञ्चनपुरका दुई पक्की पुल — कृष्णपुरको ओदाल खोला र बेदकोटको मुसेपानी खोलामा बन्ने पुल — नौ वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । तीन वर्षमा सक्ने सम्झौता भएको काम नौ वर्षसम्म पनि बन्न नसक्नु दुखद विषय हो । केवल ठेकेदारको लाफरबाहीको परिणाम मात्र नभई सम्बन्धीत निकायका कारण पनि समयमै विकासका निर्माणका काम सम्पन्न हुन नसकेको अबश्था हो ।
नेपाली जनताले तिरेको करले तलव खाने कर्मचारीहरु जनता प्रति जिम्मेवार हुन नसक्दा ठेकेदार कम्पनीले लाफरबाही गर्दै आएका हुन । जसका कारण विकासका निर्माणका योजनाहरु समयमा सम्पन्न नहुँदा पनि म्याद थपको काम बर्षपीच्छे हुदै आएका छन । जसले गर्दा बर्षै सम्म पनि योजना सम्पन्न नहुने अबश्था कायमै छ ।
समयमै काम नगर्ने ठेकेदारलाई जरिवाना ग री कानुनमा कडाईगरी समयमै काम सक्ने बनाउन आवश्यक छ । कञ्चनपुरका यी दुई पुलमा ठेकेदारले पटक–पटक म्याद थपेर अल्झाउने गरेका छन । पुलको निर्माण कार्यमा ढिलाइ हुदा जनजीवनमा असर पर्ने गरेको छ । स्थानीय बासिन्दाले वर्षातमा खोला तर्दा जोखिम मोल्नु परेको छ । बिरामीलाई एम्बुलेन्स जान नसकेर पिठ्युमा बोकेर लैजानु परेको छ ।
विकासको काममा यस्तो लाफरबाही गर्नेलाई कडा कारबाही गर्न सके समयमै काम सम्मपन्न गर्ने बाटो खुल्ने भएकाले कारबाहीलाई कडाई गर्न जरुरी छ । सरकार र सम्बन्धित निकायले योजनाको गुणस्तर र समयसीमा सुनिश्चित गर्न जरुरी छ । सम्बन्धित मन्त्रालय र सडक डिभिजनले ठेकेदारलाई कडाइ गर्न जरुरी छ । म्याद थप्ने चलनको अन्त्य गर्न जरुरी छ ।
जवाफदेहीता र जिम्मेवारी बोध गराउने गरी कडाई गर्न आवश्यक छ । विकास प्रति मात्र नभई, राज्यप्रति जनताले विश्वास गर्न छाडीसकेकाले जनताको विश्वास कायम राख्न सरकार र स्थानीय निकायले समयमै काम सम्पन्न गर्ने संस्कारको थालनी गर्न जरुरी छ । समयमै विकास निर्माणका काम सम्पन्न गर्ने सिस्टम बसाउन जरुरी छ ।

