सामाजीक सञ्जालको प्रयोग बढ्दै गएपछि सम्बन्ध विच्चछेदका घटनाहरु पनि बढ्दै गएका छन । सामाजीक सञ्जालमा नचिनेका नजानेका ब्याक्तिहरुसंग कुरा गर्दै जादा पारीबारिक जीवनमा कलह उत्पन्न हुने गरेकाले विच्चछेदका घटनाहरु पनि बढ्दै गएका हुन ।
चौविसै घण्टा सामाजीक सञ्जाल फेसबुक र टीकटकमा मान्छेहरु लिन हुन थालेकाले पनि पारीबारीक जीवनमा कलह ृत्पन्न हुने गरेका छन । खास गरी भन्नु पर्दा सामाजीक सञ्जालको दुरुपयोगका कारण बैवाहीक जीवनमा उथुलपुथुल आउने गरेका घटनाहरु सार्बजनीक हुने गरेका छन ।
खासगरी महिलाहरु सामाजीक सञ्जालका कारण घर न घाटका हुदै आएका छन । त्यसका अलाबा नया“ कानूनमा पुरुषले पनि सम्बन्ध विच्चछेदको मुद्धा अदालतमा दायर गर्न सक्ने ब्याबश्था भए पछि पनि सम्बन्ध विच्चछेदका घटनाहरु बढ्न थालेका हुन । सम्बन्ध विच्चछेदका मुद्धा दर्ता गर्ने पुरुषहरुको संख्या पनि बढ्दै गएको छ ।
सम्बन्ध विच्चेछेद गर्नूृको मुख्य कारण के हुन सक्छ त ? यसले कस्तो खालको असर पु¥याउन सक्छ भन्ने प्रश्न खडा भएको छ । सुन्दर सपना बोकेर एक भएका जोडीहरु छुट्टीनुको मुख्य कारण खोजीनु आवश्यक छ । किनकी सम्बन्ध विच्चछेदका घटनाहरुले बालबालीकाको जीवनलाई नराम्ररी प्रभावित बनाएको छ । सामान्य कुराहरुले गर्दा यस्ता घटनाहरु हुदै गएका छन ।
संका उपसंका गर्नू , सामाजिक सञ्जालमा लीन हुनु ,मानछेहरु बढी स्वतन्त्र हुन खोज्नु जस्ता कारणहरुले गर्दा धेरै जसोका सुन्दर घरबारहरु भत्कीएका छन । यसमा कुनै एउटाको दोष नभई श्रीमान श्रीमती दुईटैको दोष हुने भएकाले सामान्य कुराहरुलाई सामान्य रुपमा लिन आवश्यक छ । सामान्य कुराहरुलाई नजर अन्दाज गर्न आवश्यक छ ।
कतीपय आखा“ले देखेका कुराहरु सत्य नहुन पनि सक्छ भन्ने कुरालाई बुझन जरुरी छ । एक अर्कालाई बुझेर विश्वासलाई दरिलो बनाउन आवश्यक छ । एक पटक गल्ती हुदैमा सधै सधै हुन्छ भन्ने हुदैन । त्यसैले एक पटक माफ दिने हैसियत सबैले राख्नै पर्छ ।
सम्बन्ध विच्चछेदका घटनाहरु किन ? बढ्दैछन भन्ने यक्ष प्रश्न आफैैसंग गर्न जरुरी छ । बढ्दै गएको सम्बन्ध विच्चछेदका घटनाहरुको अन्त्य गर्न टोल छिमेक र हामी आफै सबै जिम्मेवार हुन जरुरी छ । सामाजीक सञ्जालको सही सदुपयोग गर्न जरुरी छ । देखासिखीले घर मात्र विगार्ने भएकाले सबैले सचेत हुन आवश्यक छ ।

