नेपाल परिबर्तन भएको लामो समय वितेको छ । तर पनि परिबर्तनको आभाष जनताले अझै गर्न पाएका छैनन । परिबर्तन नै विकास हो भन्ने कुरा जनताले अझै बुझन सेका छैनन । नेपालको संविधानले प्रदत्त गरेका ब्याबश्थाहरु सरकारले अहिले सम्म पनि लागु गर्न सकेको छैन । धेरै जसो विषयहरु अहिले पनि लागु हुन नसकेको अबश्था छ ।
संघीयताको कार्यान्वयन भए पनि समावेशीकरणको कार्यान्वयन हुन सक्नु संविधान विपरितको कार्य हो । जातीय विभेदको खाडल उस्तै छ । संविधानले जातीय विभेद मुक्त राष्ट्रको परिकल्पना गरेको भए पनि कार्यान्वयनको पाटो कमजोर हु“दा अझै अन्त्य हुन छैन ।
अहिलेसम्म गाउ“मा भन्दा सहरमा बढी विभेद हुने गरेको देखिएको छ । जातीय विभेद गरी कुटपीट हु“दा समेत प्रहरीले मुद्धा दर्ता नगरेको अबश्था छ । यस्तो अबश्थामा संविधानको कार्यान्वयन हुन नसकेको प्रष्ट हुन्छ । नागरिकलाई दिनु पर्ने सुविधा राज्यले दिन सकेको छैन । संविधानले दिएको अधिकार समेत सर्बसाधारणले उपयोग गर्न सकेका छैनन ।
ज्येष्ठ नागरिकले पाउदै आएको सामाजिक सुरक्षा भत्तालाई समेत सहज बनाउन सकिएको छैन । सन्तानबाट अपहेलित र अपमान खेप्नुपरेको अवस्थामा राज्यले प्रदान गर्ने सुरक्षा भत्ताले ज्येष्ठ नागरिकलाई सहजत भएको छ । तर त्यसलाई सहजै बुझने बाताबरण बनाउने तर्फ सरकारले सोच्न जरुरी छ । सरकारले ज्येष्ठ नागरिक ऐन बनाए पनि त्यसको कार्यान्वयन गर्न सकेको छैन ।
कानुनले ६० वर्ष पुगेपछि ज्येष्ठ नागरिक मानेको भए पनि सरकारले ६८ वर्षलाई ज्येष्ठ नागरिकको मान्यता दिएको छ । त्यसैले यस्ता कुराहरुमा एकरूपता ल्याउन जरुरी छ । ज्येष्ठ नागरिकहरुका लागी स्वास्थ्य विमा पनि सरकारले निशुल्क गरेको छ तर त्यसलाई पनि प्रभावकारी बनाउन सकेको छैन ।
ज्येष्ठ नागरिलाई बृद्धाआश्रम पठाउने चलनको अन्त्य गर्न विद्यालय शिक्षाको पाठ्यक्रममै ज्येष्ठ नागरिकको आदर्श शिक्षा समावेश गर्न जलरी छ । ज्येष्ठ नागरिक प्रति सम्मानको भावना पैदा गर्न यस्ता कार्यहरुको पहल राज्यबाटै हुन जरुरी छ ।
सबैले भोलि वृद्ध हुनुपर्ने भएकाले ज्येष्ठ नागरिकलाई दुःख दिनु हुन्न भन्ने सोचको विकास गर्न जरुरी छ । सरकारले संविधानको कार्यान्वयनसंगै ऐन कानुनको कार्यान्वयन गर्न जरुरी छ । संविधाले गरेका ब्याबश्थाहरुको पालना गर्न जरुरी छ । सबैले एकजुट भएर संविधानको कार्यान्वयन एकजुट भएर लाग्न जरुरी छ ।

