दशै र तिहारको मुखमा समेत नेपालीहरु विदेशीने गरेका छन । नेपालीहरुको महान चा“ड दशै र तिहारमा मात्रै होईन हरेक महिनामा नेपालीहरु विदेशीन बाध्य छन । दशै र तिहार लगतै छिमेकी मुलुक भारत पस्ने नेपालीहरुको सिमानाकामा लाग्ने गरेको हुन्छ । अन्तर््ाराष्ट्रिय ऐरपोर्टमा लाईन लागेको हुन्छ । हरेक महिना नेपालीहरु विदेशीन बाध्य छन ।
खास गरी युवाशक्ति विदेशिदै गएको छ । नेपालमा राम्रो काम नपाईने भए पछि काम गर्न र कमाउन युवाहरु विदेश जाने गरेका हुन । कमाउने सपना बोकेर, पढ्ने भनेर पनि युवा विद्यार्थीहरु विदेशीन थालेका छन । युवासंगै नेपाली मुद्रा पनि विदेशीन थालेको छ । उच्च शिक्षा अध्ययन गर्न हरेक महिना हजारौ विद्यार्थीले देश छाड्ने गरेका छन् ।
छिमेकी मुलुक भारतमा जाने नेपालीहरुको कुनै लेखाजोखा छैन । नेपालमा उच्च शिक्षाको भविष्य राम्रो भए पनि पढाइस“गै कमाइ गर्ने आशा बोकेर थुप्रै विद्यार्थीहर्रु माध्यमिक शिक्षा कक्षा १२ उत्तीर्ण हुनासाथ विदेशिने गरेका छन् । युवाहरु विदेशीन थालेपछि घरमा बुढाबुढी र बालबालीका मात्रै हुने भएकाले नेपालको उत्पादन समेत बन्द भएको छ ।
आफना छोराछोरीलाई विदेशमा अध्ययन गराउने संस्कार हाबी हुदै गएको छ । काम गर्न जाने कुरा ठीकै हो । नेपालमा पढाई नहुने विषय पढ्न जाने कुरा पनि राम्रै हो । तर नेपालमा राम्रो पढाई हु“दा हुदै पनि विदेश पढ्न जाने प्रबृतीले नेपाली रुपैया मात्र नभई युवा जनशक्ति विदेशिदै गएको छ । नेपालीहरुले आफ्नो देशलाई घृणा समेत गर्न थालेका छन ।
यहा सम्मकी नेपाली नागरिकता त्यागेर विदेशी नागरिक बन्ने होड चलेको छ । नेपालमा रहेको सम्पत्ति बेचबिखन गरी उतै घरजम गर्नेहरुको संख्या बढ्न थालेको छ । यस्तो कार्यलाई रोक्न जरुरी छ । कर्म गर्न जुनदेश जहा“ गए पनि आफ्नो देशको नागरिकता त्याग्ने विषय राम्रो कार्य नभएकाले गम्भीर बन्न जरुरी छ ।
विदेशको नागरिक भएर बसेकाहरुले नेपालको नागरिकता कायम गरि दिन माग गर्दै आएको समयमा नेपाली नागरिकता त्याग्न खोज्नेहरुले समय छदै सोच्न जरुरी छ । युवाशक्तिलाई नेपालमै रोकने बाताबरण बनाउन जरुरी छ । नेपालमै काम गर्ने बाताबरण सृृजना गरी युवाशक्तिलाई रोक्न जरुरी छ ।
शिक्षाको नाम्मा विदेशिनेहरुलाई नेपालमै पढ्ने बाताबरण बनाउन जरुरी छ । बाकसमा लास आउने अबश्थाको अन्त्य गर्न जरुरी छ । युवाशक्तिलाई नेपालमै बस्ने बाताबरण निर्माण गर्न जरुरी छ ।

