संघियता आईसकेपछि देशमा भ्रष्टाचार हवात्तै बढेको छ । वडा देखि पालिका सम्म र प्रदेश देखि संघिय सरकार सम्म सबैतीर भ्रष्टाचार ब्याप्त छ । घुषखोरी र भ्रष्टाचारीले जनतालाई आजीत बनाएकै कारण भदौ २३ र २४ गतेका दिन देशले अपुरणीय क्षेती बेहोर्नु परेको हो ।
देशमा पाच पटक प्रधानमन्त्री भईसकेका ब्याक्तिले कुटाई खानु परेको हो । प्रधान मन्त्री राष्टपती र वडा अध्यक्ष सम्मले केही दिन सम्म लुकेर बस्नु परेको हो । यो यथार्तता कसैले विर्सनु हुदैन । जेन्जी आन्दोलको मर्मर भावनालाई बुझेर आफ्ना गलत कार्यहरुलाई सुधार्न जरुरी छ । तर आन्दोलनताका लुकेर ज्यान बचाउन सफल भएकाहरुले अहिले जसरी घुर्की लगाउने गरेका छन उनीहरुले जन्नताका माझ जाने अबश्था बनाउन जरुरी छ ।
प्रहरीको गोलीका सामु नझुक्ने जेन्जीहरुलाई दुत्कार्न आफैलाई सक्नु हो भनेर बुझन जरुरी छ । प्रायश्चित गरेर गल्ती सुधार गर्ने बाटोमा अगाडी बढ्न जरुरी छ । सुशासन, पारदर्शिता, जबाफदेहिता कायम गर्दै भ्रष्ट्राचार रोक्ने अभियानमा लागेर आफुलाई जनप्रीय बनाउन आवश्यक छ ।
विकास निर्माण लगायतका कामहरुमा घुष खाने जनतालाई सताउने काम बन्द गर्न जरुरी छ । जेनजी पुस्ताका युवाहरूले स्थानीय सरकारलाई समेत खबरदारी गर्न थाली सकेका छन । पालिकाहरूमा जेनजी पुस्ताका युवाहरू एक जुट भएर विभिन्न माग राख्दै स्थानीय सरकारलाई खबरदारी गर्न थालेका हुन । सुदूरपश्चिमका तीन वटा पालिकामा उनीहरुले तालाबन्दी गरीसकेका छन ।
शुसासनको माग गर्दै उनीहरुले गर्ने आन्दोलनमा सबैले साथ दिन आवश्यक छ । जेनजी युवाहरूले सुदूरपश्चिम प्रदेशको डोटीको पूर्वीचौकी गाउपालिकामा तालाबन्दी गरेका छन् । बझाङको मष्टा गाउपालिका तालाबन्दी गरेका छन । बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरेका छन । बैतडीको पञ्चेश्वर गाउँपालिकामा तादाबन्दी गरेका छन ।
यो तालाबन्दी मात्रै होईन नेताहरु र कर्मचारीहरुलाई सुध्रीने अबसर पनि हो । आफ्ना गल्तीलाई ढाकछोप गर्न जेन्जी युवाहरुलाई गाली होईन आफना ब्याबहारहरु सुधार गरेर सहयोग गर्न आवश्यक छ । जेनजी युवाहरूले राखेका मागहरुलाई सम्बोधन शुशासन कायम गर्न जनप्रतिनीधि, कर्मचारी सबैले सहयोग गर्न आवश्यक छ । कर्मचारीले कार्यालयको दैनिक कामकाजलाई असहज बनाउन आवश्यक छ ।
सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रदान गर्न जरुरी छ । युवाहरूले पनि पटक पटक स्थानीय निकायका काम कारबाही माथी निगरनी बढाउदै अगाडी बढ्न जरुरी छ । सुदूरपश्चिम प्रदेशका ४ वटा पालीका मात्रै होईन ८८ वटै स्थानीय तहमा आफ्नो उपश्थिीती देखाउन आवश्यक छ ।
सूचना माग गरी कर्मचारीलाई जिम्मेवार बनाउन जरुरी छ । भ्रष्टाचारीलाई कारबाही गर्न पनि आवश्यक छ । कर्मचारी र जनप्रतिनीधिहरुले पनि भ्रष्टाचारको अन्त्य गर्न हातेमालो गर्न आवश्यक छ । भ्रष्टाचारको अन्त्य गर्न हातेमालो गरौ भन्ने चेतनाको विकास गर्न जरुरी छ ।

