विकसित राष्ट्रहरुमा विकास निर्माणका कार्यहरु कतिखेर सम्पन्न हुन्छन कसैलाई थाहा हुदैन । कसैलाई सास्ती पनि हुदैन । समयमै काम सम्पन्न हुन्छ । समयमै काम सम्पन्न गर्न नसकिय,ठेका रद्ध गरिन्छ । तर नेपालमा भने त्यसको विपरीत हुदै आएको छ । समयमै काम नसक्नेलाइ समय थप दिईने गरीन्छ ।
समय थपीनु त्यो पनि पटक—पटक तर पनि काम समयमै सम्पन्न हुदैन । सानो कामले धेरैलाई सास्ती खेप््न बाध्य बनाउछ । अहिले जताततै त्यस्तै छ । समयमै ठेकेदारले काम सम्पन्न नगरेका थुप्रै योजनाहरु अहिले सम्म अलपत्र परेका छन । चाहे त्यो बाटो होस, अथवा पुलपुलेसाहरु हुन ठेकेदारले अलपत्र पारेका छन ।
कैलाली र कञ्चनपुरका भित्रि सड्कहरु धुलोमाटो र हिलोले गर्दा सर्वसाधारण हैरान भएका छन । ठेकेदारहरुले ब्यावस्थीत रुपमा कार्य गर्न सकेका छैनन । समय सकिन लागे पनि उनिहरुलाई मतलव हुदैन । किनकी सम्बन्धीत निकायले म्याद थप्दै जाने गरेको छ । सवैभन्दा बढी सास्ती सडक समयमै सम्पन्न हुन नसकदा स्थानीयले खेप्नु परेका उदाहरणहरु छन ।
धुलोमाटो र हिलोले जनजिवन नराम्रो संग प्रभावित बनेका उदाहरणहरु छन । घामलागे धुलो र पानि परे हिलोले हैरान बनाउने सडकले स्थानीयले सास्ती खेप्नु परेको छ । कार्य समपन्न हुन बर्षौ लाग्ने गरेका छन । ठाउ ठाउमा सडक भत्काएर गन्जागोल अबश्था बनाउने परिपाटीको अन्त्य हुन जरुरी छ ।
एक ठाउमा सडकको काम सकेर अर्को ठाउमा कार्य गरेको भए सायद जनताले धेरै सास्ती भोग्ने थिएनन । अझ कतीपय ठाउमा कामको शुरुबात नै हुन नसकेको अबश्था छ । यस्ता विकास निर्माणका कार्यहरु गर्दा ठेकेदारसंग गरीने संम्झौतामा कडाई गरीनु पर्दछ । कार्य गर्दा साईडलाई बाउन्डरी गरेर गर्न जरुरी छ ।
जस्ले गर्दा सास्ती कम हुने देखीन्छ । तर्सथ समबन्धीत निकायले गम्भीर बनेर ठेका सम्झौताका लागी कडा ब्याबश्था गर्न जरुरी छ । जनताले सास्ती भोग्नु पर्ने अबश्थाको अन्त्य गर्न र समयमै योजना सम्पन्न गर्न म्याद थप होईन काम सम्पन्न नगर्ने ठेकेदारको ठेका रद्ध गर्न जरुरी छ । नेपालमा विकास निर्माणका काम्मा सिस्टम बसाएर समयमै काम सम्पन्न गर्न बाध्यकारी कनुन बनाउन जरुरी छ ।

