नेपाल प्राकृतीक छटाहरुले भरीपूर्ण देश हो । जलसम्पदामा विश्वकै धनी देश नेपाल विश्वकै उच्चशिखर सगरमाथाले झनै विश्वमा चर्चित छ । त्यती मात्र होईन नेपाल विभिन्न देवालय र प्राकृती सौन्दर्यले भरीपूर्ण देश हो । लुम्बीनी, पोखरा, पशुपती नाथ,मनाङ, मुस्ताङ र सुदूरपश्चिम प्रदेशको खप्तड लगायतका पर्यटकीय क्षेत्रले नेपाल आफैमा गौरवमय छ । शरद ऋतुको आगमन पर्यटकका लागि निकै अनुकूल समय बन्दै गएको छ । यो समय नेपालमा विदेशी पदमार्गी पर्यटक प्रशस्तैै भित्रने समय पनि हो ।
पहाडहरूमा हरियाली छाउने, फा“टमा लेकाली पूmलहरू फुल्ने भएकाले पनि यो समय पर्यटकहरुको रोजाईको समय हो । तर जलबायू परिबर्तनका कारण बेल न कुबेला पानी पर्ने भएकाले पर्यटकहरुले सास्ती झेल्दै आएका छन ।, पर्यटकीय स्थल सम्म पक्की बाटो र उचित बास स्थानको बन्दोबस्त अझै हुन नसकेकाले त्यसको ब्याबश्था गर्न जरुरी छ । जस्तो पानी आए पनि क्षण भरमै बाटो सुचारु गर्न सकिने गरी ब्याबश्था गर्न आवश्यक छ । जसले गर्दा पर्यटक मात्र नभई सबैलाई सहज हुने छ ।
पर्यटक भित्र्याउने कुरामा हामी सबैले जोड त दिएका छौ तर एउटा पर्यटकलाई सुविधा दिन सकिरहेका छैनौ । त्यसैले सुविधा दिन सक्ने गरी सरकारले ब्याबश्था गर्न जरुरी छ । पर्यटकलाई जादा देखि फर्कने सम्म कुनै कुराको अभाव हुन नदिने गरी सुविधा उपलब्ध गराउन जरुरी छ । प्राकृतिक विपद्का कारण निम्तने जोखिम हेरेर पर्यटकका लागि आवश्यक होटल, रेस्टुरा“ तथा अन्य आवश्यक कुराको व्यवस्था गरिनु आवश्यक छ ।
बदलिदो मौसम अनुसार नेपालको पर्यटन व्यवसायमा पनि बदलाब ल्याउन र आपूmलाई परिमार्जित गर्न सके नेपालमा पर्यटन व्यवसाय फस्टाउने देखिन्छ । त्यसैले पर्यटकको सुविधामा सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । पर्यटनको विकास गर्न सम्बन्धीत निकायले विशेष ध्यान दिन आवश्यक छ । सुदूरपश्च्मि प्रदेश पर्यटनको सम्भावना भएको प्रदेश भएकाले स्थानीय तथा प्रदेश सरकारले विशेष ध्यान दिन आवश्यक छ । लगानी बढाएर पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी छ ।
पर्यटकीय स्थल सम्म बाटो घाटो र बासको उचित प्रबन्ध मीलाउन आवश्यक छ । सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकिय क्षेत्रको प्रचार प्रसारसंगै स्तरउन्नती गर्न विशेष ध्यान दिन आवश्यक छ । एक पटक आउने पर्यटकलाई सुदूरपश्चिम प्रदेश आई रहन मन लाग्ने गरी उचित प्रबन्ध मीलाउन आवश्यक छ । पर्यटकिय क्षेत्रको विकास गरी सुदूरपश्चिम प्रदेशलाई विश्वमा चिनाउनुका साथै आर्थिक रुपमा पनि सबल बन्न सकिने भएकाले पर्यटकिय क्षेत्रको विकासमा सबैले विशेष ध्यान दिन जरुरी छ ।

