प्रकृती प्रकोपले हामी सबैलाई मर्माहत बनाएको छ । कहिले बाढी पहिरो त कहिले डुवानको समस्या झेल्दै आर्थिक भौतीक रुपमा क्षेती बेहोर्दै आएका नेपालीहरुलाई अहिले फेरी बाढिपहिरोले संकट निम्त्याएको छ । विभिन्न प्रकृती प्रकोपहरुले हरेक बर्ष पीडाहरु दिने गरेको छ । अहिले फेरी प्रकृती प्रकोपले नेपालीहरुलाई पीडा थप्ने काम गर्दै आएको छ । बाढी पहिरो र डुबानका समस्याहरु बर्षैपीच्छे हुदै आएका छन ।
अहिले फेरी त्यही बाढि पहिरोमा परेर थुप्रै नेपालीहरुको ज्यान गएको छ । अविरल वर्षाका कारण देशभर ४४ जनाको मृत्यु भई सकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरण अनुसार इलाममा मात्र ३७ जनाको ज्यान गएको छ । पा“चथरमा पहिरोमा परी १ जना र खोलाले बगाएर १ जना गरी २ जनाको ज्यान गएको छ ।
उदयपुरमा खोलाले बगाएर १ जनाको ज्यान गएको छ । रौतहटमा चट्याङ लागेर ३ जनाको ज्यान गएको छ । रसुवामा ४ जना र इलाममा १ जना गरी ५ जना हराइरहेका छन् । घाइतेको सख््या १६ पुगेको छ । इलाममा ८ जना, भोजपुरमा ३ जना, खोटाङमा ३ जना, पा“चथरमा १ जना र मकवानपुरमा १ जना घाईते भएका छन ।
अत्यधिक वर्षाका कारण इलामको माङसेबुङमा अलपत्र परेका २ जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । वर्षा कै बीच पा“चथरमा जीप दुर्घटना हु“दा ६ जनाले ज्यान गुमाएका छन् । बाढि पहिरोले त्रसित बनाएको छ । सयौ भौतीक सम्रचनाहरु भत्कीएका छन । सयँै नागरिक घाईते भएका छन । यस्तो अबश्थामा नागरिकको ज्यूधनको सुरक्षामा सरकार गम्भिर हुन जरुरी छ ।
उनिहरुको खानपीउनसंगै स्वाश्थ्यपोचार र बास स्थानको ब्याबश्था गर्न जरुरी छ । सरकारको उपश्थिती पीडित भएको स्थानमा हुन जरुरी छ । राहातको ब्याबश्था गर्न जरुरी छ । विपपत्तको समयमा उद्धारमा खट्ने प्रहरी जस्तै सरकार पनि उनिहरुको पीडामा मलम लगाउने कार्यमा सक्रिय हुन जरुरी छ । बाढि पहिरो प्रभावितहरू राहत र पुर्नःस्थापनाको पर्खाइमा रहेका छन त्यसैले सरकारले आवश्यक निर्णय गर्न ढिलाइ नगरी उनिहरुको ब्याबश्थापनमा जुट्न जरुरी छ ।
राज्यले तुरुन्तै पीडितहरुलाई प्राथमीकता दिएर काम गर्न जरुरी छ । सवारी साधन र विपद् उद्धारका लागि चाहिने बन्दोवस्तीका सामग्रीहरूको ब्याबश्था गर्न जरुरी छ । भरखरै देश जलेर खरानी भएको पीडा सेलाउन नपाउदै देशभर बाढि र पहिरोले मचाएको आतंकको पीडा पनि सहनु पर्ने अबश्थामा सबै नेपाली नागरिकहरुले सचेत हुन जरुरी छ । तत्काल अवश्यक सामाग्रीहरुको ब्याबश्थापन गर्न जरुरी छ ।
घाईतेहरुको उपचार र पीडितहरुको ब्याबश्था गर्न आवश्यक छ । घाइतेहरूको निशुल्क उपचारको ब्याबश्था गर्न जरुरी छ । प्रभावितलाई वैकिल्पक बासस्थापनको प्रबन्ध गर्नुका साथै राहातको प्रबन्ध मीलाउन जरुरी छ । संकटको यस्तो समयमा कसैको टिका टिप्पणी नगरी सबैले एकजुट भएर सहाकर्य गर्न जरुरी छ ।
संकटको घडीमा आफ्नो परायो नभनि निस्वार्थ भावनाकासाथ पीडितहरुको उद्धार उनिहरुका लागी राहात कार्यमा लाग्न जरुरी छ । पहिले नागरिक त्यसपछि पार्टी र राजनीति सम्झेर संकटको घडीमा सबैले एक भएर सहकार्य गर्दै पीडितको ब्याबश्थापनमा लाग्न जरुरी छ ।

