"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found
No data was found

Khabar Raftar

नेपाली समाजमा सबै भन्दा पीडित दलित समुदाय नै हो । नेपालको राज्य सत्ताले लामो समय सम्म दलित, जनजाति मुस्लिम लगायतलाई आफ्नो थरबाट चिनिन नदिए पनि सबै भन्दा पीडित दलित समुदाय बन्दै आएको हो । कामी, दमाई, लिम्बु गुरुङ, मुसलमान जस्ता जातमात्र लेख्न दिएर थरमाथि हिन्दु उच्च जातिको वर्चश्व रहेकाले दलितहरुलाई पीडित बनाईयो । उच्च जातका थर नै लेखियो तर अरुलाई जात मात्र लेख्न दिइयो ।

२०३६ सालमा विद्यार्थी आन्दोलन मार्फत अलिअलि जागरण आयो । त्यसलाई राज्यले रोक्न सक्ने अवस्था थिएन । त्यसपछि विस्तारै लेख्न नदिइएका थरहरु लेख्ने क्रम सुरु भयो । दलित जातिभित्रका घिमिरे, गौतम, दुलाल लगायतले आफनो थर लेख्न थाले । त्यसले उच्च जातीय शासकहरुलाई आफ्नो थर लेख्न थालेकोे भ्रम प¥यो । थर भएका दलितहरुलाई पनि जातका आधारमा मात्र चिनिन बाध्य पारियो । उनीहरुले बिहेबारीमा मात्र थरको प्रयोग गर्ने संस्कार बन्यो ।

पोडवालबाट आएकालाई पौडेल भनिएको हो पोडवाल भन्ने ठाउँबाट बाहुन मात्र हिँडेका त होइनन् नि । त्यहाँबाट बाहुन, क्षेत्री, दलित सबै हिँडेका हुन् । भने पछि पौडेल बाहुन पनि हुने भयो दलित पनि हुने भयो । त्यस्तै, दुल्लुबाट हिँडेको मगर पनि दुलाल, कामी पनि दुलाल, बाहुन पनि दुलाल, सार्की पनि दुलाल । उनीहरुलाई पहिले दुलाली भनिन्थ्यो पछि दुलाल भन्न थालिएको हो ।

थर फेर्ने कुरा दलितमा भन्दा शासक वर्गमा धेरै छ । जस्तो जंगबहादुरले थर फेरेर राणा लेख्न थालेका थिए । अझ उनका सन्तानले त जंगबहादुर राणा लेख्न थाले । त्यसअघि उनीहरु राणा थिएनन् । मुस्लिम शासकले दिएको उपाधिलाई पृथ्वीनारायण शाह खलकले थर कै रुपमा लेखे र लेख्न लगाए । कतिपय गोतामेहरुले गौतम ऋषिका सन्तान हौँ भनेर गौतम लेख्न थालेको पनि पाइएको छ ।

काठमाण्डौ बाहिर गएका धेरै नेवारले आफूलाई श्रेष्ठ भन्छन तर, उनीहरु सवै श्रेष्ठ होइनन् । नेपालमा थर निर्माणका मुख्य आधार र अभ्यास ठाउँको नामबाट हुने गरेका छन । रिगामबाट रेग्मी, सापकोटाबाट सापकोटा, अछामबाट अछामी, मगरातबाट मगराती, पोडवालबाट पौडेल, पोखरनबाट पोखरेल, दुल्लुबाट दुलाल रहेका छन । त्यसैगरी पदसँग सम्बन्धित थर पनि रहेका छन ।

सुब्बा, मुखिया, भण्डारी, राई, मण्डल, चौधरी, मिजार रहेका छन । आचार्य, दीक्षित, शास्त्री, पूजारी, लामा जस्ता पदवीहरुबाट पनि थर रहेका छन । ज्ञानको स्तरका आधारमा पनि थर लेख्ने गरिएको छ । एक वेद पढेको वेदी, २ वेद पढेको द्वीवेदी, तीनवटा वेद पढेको त्रिवेदी र सबै वेद पढेको चतुवेर्दी भएका छन । लिम्बू समुदायभित्र खेवा, तुम्खेवा भन्ने थर छन् ।

त्यो भनेको लिम्बूभित्र चरा प्रजाति नखाने थर हो भन्ने बुझिन्छ । भूगोलको बनोटको बसोबासका आधारमा पनि थर रहेको पाईएको छ । मानिसहरुको बसोबासका आधारमा पनि थर राखिएका छन् । गैरो ठाउँमा बस्दाबस्दै गैरे थर रहेको विश्वास गरिन्छ । त्यस्तै आस्थाका आधारमा पनि थर बनाईएका छन् । महादेवको खलकभित्र बृञ्ची भन्ने इन्जिनियरको थर विश्वकर्मा रहेको पाईन्छ ।

राज्यले थर लेख्नै नदिएर, कहिल्यै भन्नै नदिएर दलितहरुले थर गोत्र नै बिर्सने अवस्था आएको छ । सुदूरपश्चिमका पहाडी क्षेत्रमा दलित जातिका व्यक्तिले आफ्नो थर र गोत्र बिर्सिसकेका छन । समाजको परिवर्तनशीलता, समय, सोचमा आउने परिवर्तन, विकास लगायत कारणले २००७ सालको जस्तो अवस्था नभए पनि राज्यले सचेत रुपमा शिक्षा, आर्थिक, राजनीतिक क्षेत्रको पहल गरेर भएको परिवर्तन भने होइन ।

अहिले पनि बलात्कार हुने महिलामध्ये १९ प्रतिशत दलित जातिका छन् । यो जनसंख्याको अनुपात भन्दा धेरै बढी हो । यसको मुख्य कारण विभेद नै हो । विदेशमा कमसल काम गर्नेहरु धेरै दलित समुदायका युवा छन् । यो पनि जातीय अनुपात भन्दा धेरै छ । सरकारी जागिरमा जम्मा २ प्रतिशत कर्मचारी पनि दलित जातिका छैनन् । त्यसैले दलितलाई राज्यले क्षतीपूर्ती सहितको ब्याबश्था गर्न जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो