जेनजी आन्दोलनका क्रम्मा ७४ जनाले ज्यान गुमाएका छन । भ्रष्टाचार विरुद्ध गरिएको जनजी पुस्ताको आन्दोलन सफल पनि भएको छ । भ्रष्टाचार मुक्त नेपालको स्थापनाका लागी गरिएको जेन्जी आन्दोलनका क्रम्मा ज्यान गुमाएकाहरुलाई अन्तरिम सरकारले सहिद घोषणा समेत गरेको छ । त्यती मात्र होईन सरकारले क्षतीपूर्ती बाफत रकम समेत उपलब्ध गराउन भएको छ ।
त्यसैक्रम्मा असोज १ गते शोक विदा समेत दिएको छ । शोक विदाका क्रम्मा असोज १ गतेका बेलुकी देशका विभिन्न सहरहरुमा दिप प्रज्वलन समेत गरिएको छ । सरकारले राष्ट्रिय शोक घोषणा गरेका दिन सानोठिमीस्थित परिषद् कार्यालयको प्राङगणमा दिप प्रज्वलन गरेको हो भने देश भरी दिप प्रज्वलन गरिएको छ । सहिदहरु प्रति श्रद्धाञ्जली समेत गरिएको छ ।
सरकारले जेनजी पुस्ताका युवाका चाहना र भावना अनुरुप अघि बढ्नसके मात्र शहीदहरू प्रति सच्चा श्रद्धाञ्जली हुने छ। कलेज÷स्कुल पोशाकमा रहेका कल्कलाउँदा युवालाई अन्धाधुन्ध गोली हान्ने र आन्दोलनमा घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा लुटपाट मच्चाउनेलाई निष्पक्ष छानबिन गरी कडा कारबाही पनि गर्न आवश्यक छ ।
जेनजी आन्दोलनको उदेश्य पूरा गर्न र नेपाली युवाका आशा, सपना र सम्भावनाको यथोचित न्याय गर्न हरेकले आ–आफ्नो ठाउँबाट प्रण गर्न जरुरी छ । जसरी युवाहरुले ज्यानको प्रवाह नगरी आन्दोलनमा ज्यान गुमाएका छन, उनीहरुको आत्मशान्तीका लागी उनीहरुले देखेका सपना पुरा गर्न जरुरी छ । भदौ २३ र २४ गतेको घटनालाई सामान्य रुपमा नबुझी त्यसबाट महत्वपूर्ण पाठ सिकेर परिबर्तनका लागी सरकारले लाग्न जरुरी छ ।
कर्मचारीहरुले पनि विवेकपूर्ण तरिकाले देश र जनता प्रति उत्तरदायी भएर काम गर्न जरुरी छ । सहिदहरुका सपनालाई पुरा गर्ने गरी कर्मचारीहरुले काम गर्न जरुरी छ । जनता जनार्दन भन्ने कुरा बुझेर सबै तह र तप्काका ब्याक्तिहरुले देश र जनता प्रति बफादार भएर काम गर्न जरुरी छ । राजनैतिक दलका नेताहरुले पनि आफ्नो भ्रष्ट चरित्रलाई सुधार्न जरुरी छ ।
जनताले भ्रष्टाचारको अन्त्य चाहेका छन भन्ने कुरा बुझेर देश र जनताको सुनौलो भविष्य कोर्न सरकारलाई सघाउन जरुरी छ । देखाई दिन्छु, हैसियत छैन भन्ने जस्ता तुच्छ शब्दहरुले युवाहरुलाई नभई आफैलाई नोक्सान हुन्छ भन्ने कुरा बुझन जरुरी छ । सहिदहरुको सपना पुरा गर्न सहयोग गर्न जरुरी छ । हामी पनि जेनजी आन्दोलनका सम्पूर्ण शहीदहरू प्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दै समस्त शोकाकुल परिवारजनहरूमा गहिरो समवेदना प्रकट गर्दछौ ।

