भदौै ०८ कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर– मझगाँउ नहर नजिक र दोधारा चाँदनी नगरपालिका वडा नम्बर–७ कञ्चभोज स्थित सडक किनाराबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब मूल्य ५ हजार ८ सय ६० मूल्य बराबरका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो ।
उक्त मूल्यका सुजी, पेय पदार्थ, बच्चाका खेलौना, प्लाष्टर पट्टी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जानकारी गराईएको छ ।
Post Views: 152


