साउन २१ कञ्चनपुर । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरले ११ करोड बढी मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरले आर्थिक वर्ष २०८१÷८२ मा ११ करोड बढी मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल कञ्चनपुरले आर्थिक वर्ष २०८१÷८२ मा ११ करोड ३२ लाख ७६ हजार ८ सय ७५ रुपैया मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लाकेन्द्रदेव भट्टले सशस्त्र प्रहरीले अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै तीन गुणा बढी ११ करोड ३२ लाख ७६ हजार ८ सय ७५ रुपैया मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको जानकारी गराए ।
अघिल्लो आर्थिक बर्षको तुलनामा अवैध रुपमा भन्सार छली चोरी नेपाल भित्र्याएका भन्सार छलीका सामान बरामद गरी कारबाहीका लागि भन्सार कार्यालय बुझाएको उनले जानकारी गराए ।
आर्थिक बर्ष २०८०÷८१ मा चार करोड ७६ लाख ७९ हजार ४ सय मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको उनले जानकारी गराए ।
सीमानाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरेको बताउदै सशस्त्र प्रहरी उपरीक्षक भट्टले अघिल्लो आर्थिक बर्षको तुलनामा झण्डै तेब्बर मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको जानकारी गराए ।
कञ्चनपुरमा सिमानाकामा १८ वटा विओपी पोष्ट र तीन वटा सुरक्षा गुल्म रहेको उनले जानकारी गराए ।


