असार ०९ धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि १ अर्ब २ करोड ९१ लाखको बजेट प्रस्तुत गरेको छ ।
सोमबार गाउँपालिकाको १६ औँ गाउँसभामा उपाध्यक्ष गणेशराज गिरी (लालदीप) ले कुल १ अर्ब २ करोड ९१ लाखको बजेट प्रस्तुत गरेका हुन । जसमा चालु खर्चतर्फ ३४ करोड ३९ लाख र पुँजीगत खर्चतर्फ ४१ करोड ५२ लाख विनियोजन गरिएको छ ।
सामाजिक सुरक्षातर्फ २७ करोड खर्च हुने अनुमान गाउँपालिकाले गरेको छ । ३ करोड ६९ लाख ५३ हजार ५ सय ८१ रुपैयाँ आन्तरिक आय सङ्कलन हुने तथा राजस्व बाँडफाँडबाट १० करोड ७८ लाख ९९ हजार ४ सय १९ आम्दानी हुने अनुमान गाउँपालिकाले गरेको छ ।
त्यसैगरी अन्तर सरकार वित्तीय हस्तान्तरण (सङ्घीय सरकार) बाट ५२ करोड २७ लाख प्राप्त भएको छ भने अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) बाट पाँच करोड ७० लाख ४७ हजार गाउँपालिकालाई प्राप्त भएको छ ।
गत आर्थिक वर्ष २०८१÷०८२ बाट जिम्मेवारी सरी आएको ३ करोड ४५ लाख रहेको छ भने सामाजिक सुरक्षाका लागि २७ करोड आम्दानी हुने अनुमान गरिएको छ ।


