"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोदावरी नगरपालिकाले १ अर्व १८ करोड ५४ लाख ५६ हजार बराबरको बजेट ल्यायो

No data was found

Khabar Raftar

असार ०६ धनगढी । कैलालिको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्व १८ करोड ५४ लाख ५६ हजार बराबरको बजेट ल्याएको छ । नगरपालिकाको १५ औ नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि १ अर्व १८ करोड ५४ लाख ५६ हजार बराबरको बजेट ल्याएको हो ।

शुक्रवार आयोजित नगर अधिवेशनमा नगर प्रमुख बिरेन्द्र भट्टले नगरको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन । संघिय सरकारबाट आउने बित्तीय समानिकरण तर्फ १९ करोड ८० लाख, राजस्व बाडफाडबाट १८ करोड ५९ लाख, समपुरक अनुदानतर्फ १ करोड ९३ लाख, विशेष अनुदान तर्फ ४ करोड ९ लाख, ससर्त अनुदान तर्फ ४१ करोड ७२ लाख बजेट रहेको उनले जानकारी गराए ।

त्यसैगरी प्रदेश सरकारबाट आउने बित्तीय समानिकरण तर्फको बजेट १ करोड ८७ लाख, राजस्व बाडफाडबाट ५९ लाख १ हजार, समपुरक अनुदानतर्फ ३० लाख, विशेष अनुदानतर्फ ६० लाख, सशर्त अनुदानतर्फ ३ करोड ५२ लाख, राजस्व बाडफाडतर्फकै घरजग्गा रजिस्ट्रेशनबाट ६ करोड ८५ लाख रहेको नगरप्रमुख भट्टले बताए ।

त्यसबाहेक नगरको आन्तरिक श्रोतबाट १५ करोड ९ लाख ५५ हजार, बिग्यापन करबाट ३ लाख, बन रोयल्टिबाट ६ लाख र बैंक मौज्दातमा ३ करोड ५० लाख रहने अनुमान गरिएको उनले बताए । त्यसैगरी नगरप्रमुख भट्टले नगरको अनुमानित खर्च बिवरण पनि प्रस्तुत गरेका थिए । जसमा नगरका विभिन्न शाखाहरुका लागि आवश्यक पर्ने अनुमानित बजेट छुट्याइएको छ ।

नगरको अनुमानित बजेटको ६९ प्रतिशत चालू तर्फ र ३१ प्रतिशत पुँजिगत तर्फ बिनियोजन गरिएको   छ । नगरप्रमुख भट्टले नगरकार्यपालिका अन्तरगत ३३ करोड ९६ लाख १९ हजार, सबै वडा कार्यालयहरुलाइ १२ करोड, शिक्षा युवा तथा खेलकुद शाखालाइ ९ करोड २ लाख ६७ हजार, स्वास्थ्य शाखालाइ ८७ लाख ५० हजार, कृषिविकाश शाखालाइ २६ लाख ५० हजार र पशु सेवा शाखालाइ ६३ लाख छुट्याइएको बताए ।

त्यसैगरी महिला विकास शाखा लाई २८ लाख ५० हजार, सहकारी शाखालाइ ४ लाख, सामाजिक तथा आर्थिक विकास शाखालाइ १७ लाख र न्यायिक समितिलाइ ८ लाख २० हजार छुट्याइएको उनले   बताए ।

त्यसका साथै मालाखेती अस्पताललाई १ करोड २० लाख, भुमी ब्यवस्था इकाइलाइ ६० लाख, संघिय सशर्त अनुदानमा ४१ करोड ७२ लाख, विशेष अनुदानमा ४ करोड ९ लाख, समपुरक अनुदानमा १ करोड ९३ लाख तथा प्रदेश समपुरक योजनातर्फ ३० लाख, विशेष अनुदानमा ६० लाख, सशर्त अनुदानमा ३ करोड ५२ लाख, क्रमागत योजनामा ३ करोड र म्याचिङ फण्डमा ४ करोड रुपैया ब्यय हुने अनुमान गरिएको नगरप्रमुख भट्टले बताए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो