जेठ १९ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा दिइएको छ । धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णय अनुसार २२ गते सार्वजनिक बिदा दिइएको हो ।
उपमहानगरपालिकाले सूचना जारी गर्दै गंगादशहरा पर्वको अवसरमा बिदा दिइएको जानकारी गराएको छ । गंगादशहरामा धनगढीको बेहडाबाबा मन्दिरमा मेला लाग्दै आएको छ ।
बेहडाबाबा मेलामा नेपालसंगै भारतबाट समेत ठूलो संख्यामा भक्तजन पुग्ने गरेका छन् । उपमहानगरपालिकाले २२ गते सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था लगातबन्द हुने जानकारी गराएको छ ।

Post Views: 95


