"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मानव बेचविखन रोक्न सक्रिय बनौ

No data was found

Khabar Raftar

महिला तथा बाल–बालिका सहजै बेच विखनमा पर्ने गरेका छन । पहिले भन्दा अहिले मानव बेचविखनमा कमी आएको भए पनि अझै पूर्ण रुपमा रोक्न नसकिएको अबश्था छ । यस्ता गैरकानुनी कार्यलाई रोक्न सबै भन्दा पहिले नागरिक सचेत हुन जरुरी छ । मान्छेहरु आजकाल दानव भएका छन । उनिहरुले मानवताको मूल्य मान्यतालाई विर्सेर गरिवीको फाईदा उठाउदै महिला तथा बालबालीकाहरुलाई बेचविखन गर्ने गरेका घटनाहरु सार्बजनीक हुदै आएका छन ।

यस्ता घृणीत कार्यको निन्दा गर्दै सचेत नागरिकले यसको रोकथामका लागी पहल थाल्न जरुरी छ । राम्रो काम लगाई दिने, र लाखौ कमाउने सपना देखाएर प्राय महिलाहरुलाई फकाउने गरिएको देखिन्छ । त्यस्तै बालबालीकाहरुलाई पनि पढाई दिने र राम्रो कमाउने लालचमा फसाउने गरिएको पाईन्छ । सर्बसाधारण गरिब तथा विपन्न परिवारका महिला बालबालीकाहरुलाई लालचमा पारेर मानव तस्करहरुले बेचविखन गर्ने कार्यले सिंगो समाजलाई लज्जीत बनाएको छ ।

मानव तस्करको फन्दामा परेर बालश्रम ,यौन शोषण र बलात्कारमा परेका कयौ बाल बालिकालाई भारतबाट उद्धार गरिएका घटनाहरु छन । बालबालिका र महिलाको हितमा काम गर्दै आएका संस्थाहरुले सिमानाकामा काम गर्दै आएका भए पनि यस्ता दलालहरुले खुल्ला सिमानाको फाईदा उठाउदै सहजै नाका कटाउने भएकाले सबैले सचेत हुन जरुरी छ ।

मानव तस्करको फन्दामा परेका नेपाली महिला तथा बाल बालिकाको उद्धार गर्ने महान कार्यमा सबैले लाग्न जरुरी छ । नेपाली महिला र बाल बालिकाहरुलाई फकायर सहजै भारतका विभिन्न स्थानमा लगेर बेच्न सक्रिय मानव तस्करहरुलाई सबैले चिन्न जरुरी छ । सुदूरपश्चिम प्रदेशका मात्र नभई अन्य प्रदेशका महिलाहरु पनि कैलाली र कञ्चनपुरका नाकाहरुबाट भारत लगीने भएकाले नाकामा काम गर्ने प्रहरी संघ संस्था सबै चनाखो हुन जरुरी छ ।

गरिब तथा टुहुरा बाल बालिका र श्रीमानबाट पीडित महिलाहरु मानव तस्करको जालोमा फसेर भारतको विभिन्न राज्यमा बेचिने भएकाले गरिव तथा विपन्न पीडितहरुलाई यस्ता विषयमा सचेतना कार्यक्रम मार्फत सचेत गराउन आवश्यक छ । लामो समय देखि मानव तस्करहरुले प्र्र्रभावमा पार्दै फसाउने गरेका घटनाहरु हुदै आएका छन ।

बाल बालिका र महिलाहरुलाई बेचबिखन गरेर यौन कार्यमा लगाई यौन शोषण गर्ने घृणीत कार्य हुदै आएका विगतका घटनाहरुले देखाएका छन । कदलालहरुलाई कानुनी कारबाही गर्न सके यस्ता अपराधमा कमी आउने भएकाले सबैको ध्यान मानव बेच विखन रोक्ने कार्यमा जान आवश्यक छ ।

मानव तस्करहरुले फसाउन सक्ने पीडित महिला तथा बा.लबालीकालाई सचेत बनाउनुका साथै उनिहरुको गासबासको राज्यले ग्यारेन्टी गर्न जरुरी छ । मानब बेचविखन कार्यलाई रोक्न सामाजिक सचेतनाका साथै सिमानाकामा निगरानी बढाउन जरुरी छ । मानव बेचविखन रोक्न सक्रिय हुन जरुरी छ ।

भर्खरै

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ
सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

धेरै कमेन्ट गरिएको

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र

1

सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप