"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भन्सार कार्यालय कञ्चनपुरले लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन

No data was found

Khabar Raftar

जेठ १३ कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन । आर्थिक बर्ष सकिनै लाग्दा कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न नसकेको हो । कञ्चनपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ७४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा वैशाख मसान्त सम्म ४९ करोड मात्र राजश्व सङ्कलन गरेकोे छ ।

भन्सार कार्यालय कञ्चनपुरका प्रमुख राजनबाबु काफ्लेले सरकारले हरेक वर्ष लक्ष्य बढाउने गरेको बताउदै आर्थिक मन्दीका कारण आयात निर्यात घटेकाले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकेको बताए । ’कोरोना पछि निर्यात शून्य भएको बताउदै उनले आयात पनि कम भएको बताए । \

सोहीकारण लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकेको बताउदै उनले ठूलो परिणाममा कारोबार नहुने र ठूला मालवाहक सवारीसाधन नआउने भएकाले न्यून राजस्व सङ्कलन हुने गरेको बताए । शारदा ब्यारेज सीमित समयका लागि मात्र खुला हुने भएकाले पनि राजस्व सङ्कलनमा असर परेको उनले बताए ।

भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा ५२ करोड राजस्व सङ्कलनको लक्ष्य लिएकोमा ४६ करोड, आर्थिक बर्ष २०७९÷८० मा ५८ करोड लक्ष्य लिएकोमा ४२ करोड,आर्थिक बर्ष २०८०÷८१ मा ५९ करोड लक्ष्य लएिकोमा ५४ करोड मात्र राजस्व सङ्कलन भएको उनले जानकारी गराए ।

चालु आर्थिक बर्षमा वैशाख मसान्त सम्मको राजस्व हेर्दा लक्ष्य अनुसार सङ्कलन नहुने देखिएको उनले जानकारी गराए । त्यसैगरी आन्तरिक राजस्व कार्यालय र करसेवा कार्यालयको तथ्याङ्क अनुसार वैशाख मसान्त सम्म सुदूरपश्चिम प्रदेशमा पाँच अर्ब बढी राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो ।

डोटीमा दुई दशमलव ४५ प्रतिशत र कञ्चनपुरमा शून्य दशमलव ९३ प्रतिशत राजस्व सङ्कलनमा कमी आएको बताइएको छ । लम्कीमा १६ दशमलव छ प्रतिशत, कैलालीमा चार दशमलव १३ प्रतिशत र अछाममा दुई दशमलव ९४ प्रतिशत राजस्व सङ्कलनमा कमी भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी विजय भुसालका अनुसार कञ्चनपुरमा निर्माण व्यवसायीले समयमा भुक्तानी नपाउनु, कारोबार घट्नु तथा अन्तःशुल्कमा पनि कमी आएकाले राजस्व घटेको हो । अघिल्लो आर्थिक बर्षको वैशाख मसान्त सम्म एक अर्ब ८२ करोड राजस्व सङ्कलन भएको जानकरी गराउदै उनले चालु आर्थिक बर्षको वैशाख मसान्त सम्म एक अर्ब ८१ करोडमात्र राजस्व सङ्कलन भएको जानकारी गराए ।

तथ्याङ्क हेर्दा पाँच करोड भन्दा बढी कारोबार गर्ने करदाताको चैत मसान्त सम्मको कारोबार अघिल्लो आर्थिक बर्षको भन्दा तीन अर्ब ६० करोडको हाराहारीमा घटेको उनले बताए । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्षको सुरुआतमा बजेट शून्यताको अवस्थाबाट गुज्रिनुपरेका कारण पनि राजस्व सङ्कलनमा असर परेको उनले बताए । बजेट पारित नहुँदै प्रदेश सरकार अल्पमतमा परेपछि प्रदेशले एक महिना बजेट शून्यता खेप्नुपरेकाले सबैखाले आर्थिक गतिविधि ठप्प भएका थिए ।

यसले पनि राजस्व सङ्कलनमा असर पारेको सरकारी अधिकारीहरूले बताएका छन । सुदूरपश्चिम प्रदेशमा व्यापारिक नाका नभएकाले राजस्व सङ्कलन हुन नसकेको स्थानीय व्यवसायीले बताएका छन । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले सरकारले हरेक वर्ष राजस्व सङ्कलन गर्ने लक्ष्यमात्र बढाउने कारोबार घट्दै जाने भएकाले राजस्व सङ्कलनमा कमी आएको बताए ।

’सुदूरपश्चिम प्रदेशमा व्यापारिक नाका नभएको बताउदै उनले पश्चिमीनाका गड्डाचौकी सानो हुनु र शारदा ब्यारेज सीमित समयका लागि मात्र खुल्नुले पनि समस्या भएको बताए । ठूलो मात्रामा व्यवसायीका सामान पनि नआउने बताउदै मल्लले व्यापार व्यवसायमा कमी आउनु, राजस्व सङ्कलनको लक्ष्य बढ्नु लगायत कारणले लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसकेको बताए । सरकारले नाकामा हुने चोरी, तस्करी नियन्त्रण गर्न सके राजस्व सङ्कलनमा वृद्धि हुन सक्ने उनले बताए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो