"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेश सरकारको दश महिनाको खर्च ३३.२० प्रतिशत

No data was found

Khabar Raftar

जेठ १२ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकोे आर्थिक वर्ष २०८०÷८२ को १० महिनामा ३३.२० प्रतिशत मात्रै खर्च भएको छ । चालुतर्फ ४३.८८ प्रतिशत र पुँजीगततर्फ २५.९५ खर्च भएको छ भने औसतमा ३३.२० प्रतिशत खर्च भएको हो । प्रदेश सरकारले ३१ अर्ब ५३ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा वैशाख मसान्त सम्म १० खर्ब ४७ करोड चार लाख रुपैयाँ खर्च भएको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय धनगढीका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३६ करोड ४७ लाख रुपैयाँ बजेट मध्ये चार करोड ७५ लाख रुपैयाँ मात्रै खर्च गरेर पछाडी रहेको छ । त्यसैगरी आर्थिक मामिला मन्त्रालय २० करोड २४ लाख रुपैयाँ बजेटमा नौ करोड ६१ लाख रुपैयाँ खर्च गरेर सबैभन्दा अगाडी रहेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले ३१ करोड ४१ लाख रुपैयाँ बजेट मध्ये १४ करोड ३९ लाख रुपैयाँ खर्च गरेर दोस्रो स्थानमा रहेको छ । सबैभन्दा ठुलो बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च ३१ प्रतिशत पुगेको छ । भौतिक पूर्वाधार मन्त्रालयमा १४ अर्ब ६६ करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन भरिएकोमा चार अर्ब ५१ करोड ८० लाख रुपैयाँ खर्च भइसकेको छ ।

त्यसैगरी छ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ बजेट भएको सामाजिक विकास मन्त्रालयको दुई अर्ब ३६ करोड ९० लाख रुपैयाँ खर्च भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको एक अर्ब ९१ करोड ७३ लाख रुपैयाँ बजेट रहेकोमा ७८ करोड ६० लाख रुपैयाँ खर्च भएको छ । दुई अर्ब ८५ लाख ७१ हजार रुपैयाँ बजेट मध्ये ७० करोड ८७ लाख रुपैयाँ खर्च भएको छ ।

स्थानीय तहका लागि विनियोजन गरेको तीन अर्ब ७४ करोड १९ लाख मध्ये एक अर्ब ६५ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ । प्रदेश व्यवस्थापिकालाई १८ करोड १७ लाख रुपैयाँ विनियोजन भएकोमा १२ करोड १२ लाख रुपैयाँ खर्च भएको छ । प्रदेश योजना आयोगलाई चार करोड ३१ लाख रुपैयाँ विनियोजन भएकोमा एक करोड ७३ लाख रुपैयाँ खर्च भएको छ ।

७२ लाख ५८ हजार रुपैयाँ बजेट विनियोजन भएको प्रदेश लोक सेवा आयोगले ३९ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक बर्षमा पनि ६४ प्रतिशत मात्रै बजेट खर्च भएको थियो । यस वर्ष साउन २१ मा मात्रै नयाँ सरकार बनेको र बजेट ल्याउन दुई महिना ढिलो भएको थियो ।

यस वर्ष गत वर्षको तुलनामा छ प्रतिशत पुँजीगत खर्च कम देखिएको छ । प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले बजेट पनि ढिला आएको बताउदै ठेक्कापट्टा लागेका कामको भुक्तानी वर्षको अन्त्यमा लिने परिपाटीले अबको दुई महिना खर्च बढने बताए । जम्मा खर्च गत वर्षकै हाराहारीमा हुने अनुमान रहेको उनले बताए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव यज्ञ पुरीले पनि दरबन्दी अनुसारको जनशक्ति नभएका कारण चालु खर्च र जनशक्ति अभावका कारण भुक्तानीमा ढिलाइ भएकाले खर्च प्रगती कम देखिएको बताए । मुख्यमन्त्रीले मन्त्रीहरूलाई हरेक बैठकमा कामको प्रगति बढाउन निर्देशन भइरहेको बताउदै उनले आर्थिक बर्ष सकिन लाग्यो भनेर बजेट सिध्याउने काम नहोस् भन्ने विषयमा पनि सचेत भएको बताए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो